१६ चैत्र २०८०, शुक्रबार

९ सदस्यीय शिक्षा पत्रकार समिति घोषणा


सुर्खेत। नौ सदस्यीय शिक्षा पत्रकार समूहको कर्णाली प्रदेश समिति घोषणा गरिएको छ । कान्तिपुरका कर्णाली प्रदेश व्युरो प्रमुख कलेन्द्र सेजुवालको संयोजकत्वमा शनिबार समितिको घोषणा गरिएको हो ।

जसमा सदस्यहरुमा विष्णु न्यौपाने (कालीकोट, अन्नपूर्णपोष्ट), मुना हमाल (सुर्खेत, उज्यालो एफएम र गोरखापत्र), डिबी बुढा (जुम्ला, नागरिक दैनिक), राजन रावत (हुम्ला, गोरखापत्र), दीपकजंग शाही (सुर्खेत, सेतोपाटी), विशाल सुनार (दैलेख, एपीवान), परबिर ददेल (रुकुमपश्चिम, रेखदेख) र करिश्मा चौधरी (सुर्खेत, रेडियो नेपाल) रहेका छन् ।
शनिबार समूहको कर्णाली प्रदेश समन्वय समितिले जूम प्रविधिद्वारा आयोजना गरेको कार्यक्रममा समूहका अध्यक्ष तुला अधिकारीले कार्य समिति घोषणा गरेका थिए ।

सेजुवाललाई यस अघि नै समूहको कर्णाली प्रदेश संयोजक तोकिएको थियो । आज समितिलाई पूर्णता दिइएको अध्यक्ष अधिकारीले बताए ।