८ बैशाख २०८१, शनिबार

स्वास्थ्यका कर्मचारीलाई पाटीको प्रशिक्षण


कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिकाले पालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई पाटीको प्रशिक्षण दिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को रोकथामका लागि सरकारले सार्वजनिक ठाउँमा भेला, महोत्सव, पर्व, जमघट नगर्न भनेपनि सरकारको निर्णय पालना गर्ने स्थानीय तहले नेकपा निकट गाउँपालिकामा कार्यरत कर्मचारीलाई पाटीको प्रशिक्षण दिएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँका अहेब मीनबहादुर बुढाको अध्यक्षतामा नेकपाका नेताले कर्मचारीलाई प्रशिक्षण दिएका छन् । अहिलेको महामारीमा स्वास्थ्यका कर्मचारीलाई सेवामा प्रोत्साहन गर्दै कोरोना रोकथाममा सक्रिय सहभागि गराउनुपर्ने भएको बेला नेकपाले भने स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिदै आएको छ । नरहरिनाथ गाउँपालिका–६ का दुई जना पुरुषलाई कोरोना संक्रमण देखिएको छ । तर स्वास्थ्यकर्मी भने पाटीको प्रशिक्षण व्यस्त भएको भन्दै नागरिकले विरोध गरेका छन् ।
पाटीको प्रशिक्षणमा आफ्नो काम, कतव्य र अधिकारलाई बिर्सेर कर्मचारी सहभागि हुन राम्रो नभएको गत स्थानीय तह निर्वाचनका उम्मेदवार मीनबहादुर बोगटीले बताए । उनले अहिले कोरोना रोकथामका बेला नेकपाले कर्मचारीलाई भेला गरी प्रशिक्षण दिनु आफैमा लज्जास्पद भएको उनको भनाई छ ।


कोरोना महामारीका बेला मात्र नभएर कुनै पनि कर्मचारीले पाटीको प्रशिक्षणमा सहभागि हुन नपाइने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए । उनले नरहरिनाथ गाउँपालिकामा भएको नेपाल कम्यूनिष्ट पाटी नेकपाको प्रशिक्षणमा स्वास्थ्यकर्मी गएकाले स्वास्थ्यले कार्वाही गर्छ यदि स्वास्थ्यले नसकेपछि जिल्ला प्रशासन कार्यालयले कार्वाही गर्ने प्रजिअ गैरेले बताए ।
कर्मचारीलाई कहिल्यै पनि पाटीले प्रशिक्षण दिन पाइर्दैन राज्यको नुन खाएर जनताको सेवा गर्ने भनि आएका कर्मचारीलाइ दलले प्रशिक्षण दिएको पाइएमा आफुले स्पष्टीकरण लिने प्रजिअ गैरेले जनाए । स्वास्थ्य सेवा कार्यालय कालीकोटबाट खटाइएका कर्मचारी भए स्वास्थ्य सेवा कार्यालयले कार्वाही गर्ने र स्थानीय तह मातहतका हुन भने स्थानीय तहले कार्वाही गर्नुपर्ने सूचना अधिकारी कटकबहादुर महतले बताए ।
स्वास्थ्यकर्मीलाई नेकपाका नेता विष्णु विक, सुनिल विष्ट, धीरबहादुर विष्ट, टेकबहादुर बुढा, मनशोभा बुढा, कमल शाहले प्रशिक्षण दिएका थिए ।