८ बैशाख २०८१, शनिबार

बाँकेमा कोरोना संक्रमित एक महिलाको मृत्यु


बाँके । बाँकेमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

पुनर्वास नगरपालिका–२, कञ्चनपुरकी २९ वर्षीया महिलाको आइतबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पताललाई उदृध गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।