८ बैशाख २०८१, शनिबार

कर्णालीमा थप ४८ जनामा कोरोना, ३६ जना निको भए


सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप ४८ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा ३० जना, दैलेख अस्पताल प्रयोगशालामा १७ जना र चौरजहारी प्रयोगशाला रुकुम पश्चिममा एक जनामा संक्रमण देखिएको हो ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार नयाँ संक्रमितहरु सुर्खेतमा २६, दैलेखका सात, कालिकोटका १०, सल्यान, जुम्ला, हुम्ला र रुकुम पश्चिमका एक,एक जना र अन्य प्रदेशका एक जना रहेका छन् । यो संगै कर्णाली प्रदेशमा कुल संक्रमित हुनेको संख्या तीन हजार आठ सय ८९ पुगेको छ ।

३६ जना निको भए

पछिल्लो २४ घण्टामा थप ३६ जना संक्रमित निको भएका छन् । यो संगै कुल निको हुनेको संख्या तीन हजार एक सय ४६ पुगेको छ । कर्णालीमा हाल सम्म कुल संक्रमण पुष्टी भएका मध्ये १० जनाको मृत्यु भएको छ भने सात सय २५ जना सक्रिय संक्रमित प्रदेशका अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेका छन् ।