चोरी शिकारी रोक्न ड्रोनबाट गस्ती

डोल्पा । जिल्लाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा चोरी शिकारी रोक्नको लागि ड्रोन क्यामेराबाट गस्ती गरिने भएको छ । नेपालकै गहिरो ताल फोक्सुण्डोमा आयोजित १६ औं जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाइको बैठकबाट यस्तो निर्णय गरेको हो ।

हिउँद याममा हुने चोरी शिकारी रोक्न निकुञ्ज क्षेत्रमा अत्याधुनिक ड्रोन क्यामेराको प्रयोग गरेर निगरानी गरिने भएको हो ।

निकुञ्ज क्षेत्रमा हिँउद याममा अत्याधिक चिसो हुने भएकाले पोष्टहरु गाभिने गरिन्छ । हिउँदको करिब छ महिना यस क्षेत्रका बासिन्दा पशु चौपायसहित चिसो छल्न बेशी झर्ने भएकाले यस समयमा तस्करहरुको बिगबिगि हुने भएकाले ड्रोनबाट गस्ती गरिने प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए ।

ठूलो भुगोल, कम जनशक्ति र भौगोलिक रुपमा विकट शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संरक्षणका लागि आधुनिक प्रविधिबाट गस्ती गर्न अति आवश्यक रहेको बताइएको छ ।

error: Content is protected !!