७ बैशाख २०८१, शुक्रबार

साझा पाटीको जिल्ला संयोजकमा विष्ट


कालीकोटः साझा पार्टी कालिकोटका प्रमुख सम्पर्क व्यक्ति अनिल कुमार विष्ट परिवर्तनको नेतृत्वमा साझा पार्टी, कालिकोट समिति घोषणा गरिएको छ ।
साझा पाटीले भर्चुअल भेला आयोजना गरि कालिकोट जिल्ला समिति घोषणा गरेको हो । जिल्लाको सान्नित्रिवेणी गाउँपालिका निवासी अनिल कुमार विष्ट परिवर्तनको संयोजकत्वमा ९ सदस्यीय तर्दथ समिति घोषणा गरेको हो । जसको सदस्यमा महेश पाण्डे, कृष्ण कोइराला, प्रकाश विष्ट, जगत न्यौपाने, मनराज शाही, जयचन्द्र आचार्य, दिनेश धामी र रमेश मल्ल रहेका छन् ।
साझा पार्टीका संगठन विभाग प्रमुख केशव दाहालले साझा पार्टीका अबका रणनीतिबारे जानकारी गराएका थिए । संगठन निर्माण र प्रशिक्षण पहिलो शर्त भएको भन्दै दाहालले नागरिकको विश्वास र भरोसा आर्जन गर्दै अगाडि बढ्न नया कार्य समितिलाई आग्रह गरे घोषणा कार्यक्रममा साझा पाटीका कर्णाली प्रदेशका संयोजक गेहेन्द्र प्रसाद दाहालले नवगठित समितिलाई शुभकामना दिएका थिए ।
नवगठित जिल्ला समितिका संयोजक परिवर्तनले साझा पार्टीको मूल्य मान्यतालाई आत्मसात गर्दै पार्टी निर्माणमा अघि बढ्ने प्रतिवद्धता जनाए । उनले अब कालिकोटमा हुने र हुनसक्ने अनियमितता र भ्रष्ट्राचारका विरुद्ध साझा पार्टी कालिकोट उभिने धारणा राखे ।