उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको छाप हानेर सहयोग मागेपछि…

कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिकाकी उपाध्यक्ष मनशोभा बुढा प्रमुख प्रशासकीय अधिकृत भएर सहयोग मागेकी छन् ।
साउन महिनामा आएको बाढीले गर्दा क्षति भएको विद्यालयमा सहयोग माग्नका लागि उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको छाप प्रयोग गरि सहयोग मागेकी हुन् । साउनयता आएको बाढीले नरहरिनाथ गाउँपालिका–३ मा रहेको जनकल्याण आधारभुत विद्यालय पनेरीखेतमा क्षति गरेकाले उनले गाउँपालिकाको लेटरप्याडको पत्र संख्या ०७७÷०७८ र चलानी नम्बर ५१९ को पत्रमा आफु प्रमुख प्रशासकीय अधिकृतको छाप हानेर सहयोग माग गरेकी हुन् ।
अहिले उनको फेसबुकमा चर्को आलोचना भएको छ । गाउँपालिका उपाध्यक्ष भन्दा पनि प्रशासनको कर्मचारीको लार्पवाहीले अहिले बुढाले आलोचना खेपीरहनु परेको छ । के उपाध्यक्षको चरित्र हत्या गर्ने कर्मचारीलाई गाउँपालिकाले कार्वाही गर्न सक्ला त ?

error: Content is protected !!