सामुदायिक विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला

कालीकोटः जिल्लाको पलाता गाउँपालिकाको १ सामुदायिक विद्यालयमा आधुनिक प्रयोगशाला स्थापना गरिएका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विज्ञानका प्रयोगात्मक काम गरी जानकारी लिन प्रयोगशाला स्थापना गरिएको हो ।
गाउँपालिकाकोे सामुदायिक विद्यालयमा शैक्षिक सुधार कार्यक्रम अन्तर्गत प्रत्येक विद्यालयमा पुस्तकाललय, प्रयोगशाला र सूचना प्रविधि पु¥याउने उद्देश्यले सरस्वती माविमा प्रयोगशाला स्थापना गरिएको छ । शिक्षा शांखा प्रमुख रणप्रसाद भट्टका अनुसार यसभन्दा अगाढी बेर्सनकोटमा कम्युटर शिक्षा, उखाडिमा कृषि, राडुनेटनमा कृषि कम्युटरमा प्रविधि मुलक शिक्षा, कर्णाली मा बि बिज्ञान प्रयोगशालाको स्थापना गरिसकेको गाउँपालिकाले जानकारी दिएको छ । विज्ञान प्रयोगशाला नभएको सरस्वती माविमा आधुनकि प्रयोगशालाको स्थापना गरेको भट्टले बताए ।
प्रयोगशाला स्थापना गर्न गाउँपालिकाकाबाट १५ लाख रुपैया विनियोज गरिएको थियो । एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बम ‘पलाती कान्छा’ ले प्रयोगशालाको उद्घाटन गरेका छन् । प्रयोगशालाको उद्घाटन गर्दै बमले शिक्षाको गुणस्तर बृद्धि गर्न गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताए । उनले विज्ञान प्रयोगशालाका लागि चाहिने सम्पूर्ण उपकरण खरिद गरिसकेको र बाकी रहेका उपकरण पनि खरिद तत्कालै गरि पलाताका मात्र नभएर अन्य गाउँपालिकाका विद्यार्थीलाई पनि विज्ञानको प्रयोगशालाका लागि पलातामा आउने वातावरण सृजना गर्ने बताए ।
विद्यालयमा प्रयोगशाला स्थापना भएपछि विद्यार्थीको सिकाइको कार्य निकै प्रभावकारी हुने प्रधानाध्यापक पूर्ण बहादुर शाहीले बताए । उनले भने, ‘विज्ञान प्रयोगशाला स्थापना भएपछि कक्षा ८, ९, १०, का विद्यार्थी लाभान्वित भएका छन् ।’ विद्यालयमा प्रयोगशाला नहुँदा विद्यार्थीका लागि आवश्यक पर्ने प्रयोगात्मक कक्षा सञ्चालन गर्न निकै समस्या थियो । प्रअले भने ‘प्रयोगात्मक कक्षा सञ्चालनका लागि विद्यालयको आन्तरिक आयस्रोतबाट खरिद गरिएका थोरै सामग्री पर्याप्त नहुँदा विद्यार्थीलाई आवश्यक पर्ने सम्पूर्ण जानकारी दिन सकिने अवस्था थिएन । हाल विद्यालयको कक्षा कोठामा अलग्गै रुपमा प्रयोगशाला स्थापना भएपछि विद्यार्थीले प्रयोगात्मक कार्य सहजरुपमा सिक्न पाउने भएका छन् ।’

 

error: Content is protected !!