७ बैशाख २०८१, शुक्रबार

देशभरका ७१,३४३ जना कोरोना संक्रमित निको भए


काठमाडौँ । नेपालमा कुल कोरोना संक्रमित मध्ये ७१ हजार तीन सय ४३ जना निको भएका छन् । देशभर पछिल्लो २४ घण्टामा दुई हजार ६ सय ७५ जना संक्रमित निको भए संगै यो संख्या ७१ हजार पुगेको हो ।

मन्त्रालयका अनुसार बिहीबारसम्म देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित २६ हजार ६ सय ८४ पुगेको छ । जस मा संस्थागत आइसोलेसनमा ११ हजार सात सय १७ र होम आइसोलेसनमा १४ हजार नौ सय ६७ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको प्रेस ब्रिफिङमा बितेको २४ घण्टामा देशभर चार हजार तीन सय ६४ संक्रमित थपिएको जानकारी दिए ।