स्टेचर नहुँदा विरामीलाई उपचार गर्न सास्ती

कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिकाका स्वास्थ्य चौकीमा विरामी बोक्नका लागि स्टेचर नहुँदा विरामीलाई सास्ती हुने गरेको छ ।
स्वास्थ्य चौकी र वडामा स्टेचर नहुँदा विरामी बोक्नका लागि अफ्ठ्यारो हुने गरेको नागरिकले गुनासो गरेका छन् । स्वास्थ्यसंस्थामा स्टेचर नभएपछि विरामीलाई काठमा झुन्ड्याएर बोक्नु पर्ने बाध्यता रहि आएको छ । विहिवारमात्र नहरिनाथ गाउँपालिकाको रुप्सामा बिरामी बोक्ने स्टेचर नहुँदा गर्भवती महिलालाई काठमा झुन्डाएर स्वास्थ्य चौकी लिनु परेको थियो ।
नरहरिनाथ गाउँपालिका–५ रुप्सा निवासी २३ वर्षीय मंगला सहकारीलाई सुत्केरी व्यथा लाग्यो, सुत्केरी गराउन आफन्तले स्वास्थ्य संस्थामा त लगे तर सहज रुपमा स्वास्थ्य संस्था पु¥याउन पनि आफन्तलाई हम्मेहम्मे भयो, त्यहाँ स्टेचर नभएपछि उनलाई काठमा बाधेर स्वास्थ्य संस्था लिदै गर्दा उनले बाटोमा नै छोरीलाई जन्म दिइन् ।
स्वास्थ्य संस्थामा स्टेचर नहुँदा नरहरिनाथका अधिकाँश महिलाहरुले उपचारका लागि सास्ती खेप्नु परिरहेको छ । सिहदरवारको अधिकार गाउँगाउँमा भनेपनि अझै नरहरिनाथका विरामीले उपचार पाउनै मुस्किल भएको छ । अहिलेको स्थानीय सरकार भन्दा पहिले नै विरामीले उपचार पाउने गरेको स्थानीयले बताएका छन् । पहिले विरामी बोक्नका लागि स्टेचर त हुन्थ्यो अहिले त्यही स्टेचर पनि पाउन मुस्किल भैसक्यो । नरहरिनाथ गाउँपालिकाका स्थानीय मन सहकारीले गुनासो गरे ।
स्थानिय सरकार नआउँदा अगाडी वडामा चार वटा विरामी वोक्ने स्टेचर थिए । अहिले ति स्टेचर कतिपय भाचिसके कतिपय महिला स्वास्थ्य स्वयमसेविकाको जिम्मामा छन् । रुप्सा स्वास्थ्य चौकीका इन्चार्ज मनोज बोगटीले भने । ग्रामिण भेगमा भएका बिरामी ओसारपसारका लागि भरपर्दाे साधन भनेको स्टेचर हो तर नरहरिनाथ गाउँपालिकाका नागरिकले करिव चार वर्ष देखि स्टेचर पाउन सकेका छैनन् ।
स्टेचर नहुँदा सुत्केरी र बृद्धबृद्धाहरुलाई अस्पताल पु¥याउन कठिनाई हुने गरेको इन्चार्ज बोगटीको भनाई छ । प्रत्येक वडामा रहेका स्वास्थ्य स्वयमसेबीका हरुलाई एक÷एक वटा स्टेचर दिइएको भएपनि स्टेचर आवश्यक परेको वेला नभिटिदा यस्तो समस्या आएको हो । स्टेचरको अभाव भएपछि बीरामीलाई बोकेरै स्वाथ्य चौकी सम्म पु¥याउनुपर्ने बाध्यता छ ।
गाउँ गाउँमा सडक पुगेर बिरामी बोक्नका लागी एम्बुलेन्सको समेत व्यवस्था भइसक्दा अझै पनी बिरामी बोक्ने समेत स्टेचर नहुनु लाजमर्दो विषय भएको भन्दै स्थानीय तहलको व्यापक आलोचना भएको छ । स्टेचरको अभाव हुदाँ गाउँमा गर्भवती, विरामी बृद्धबृद्धाहरु प्रभावित भएका छन् । गाउँमा निर्माण गरिएका सडक गाडी गुड्न लायक नभएका वेला स्वास्थ्य संस्थासम्म पु¥याउनका लागि प्रयोग गरिदै आएकोे स्टेचर नहुदाँ विरामीहरुले समयमा उपचार पाउन सकेका छैनन् ।

error: Content is protected !!