गुनासो सुन्न प्रतिनिधिसभा सदस्य रावत गाउँगाउँमा

कालीकोटः जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत अहिले जनताको गुनासो सुन्नका लागि घरदैलोमा निस्केका छन् । दशैको मौका पारी जिल्लामा फर्किएका प्रतिनिधिसभा सदस्य रावत अहिले गाउँगाउँमा कार्यकता भेटघाट र जनताले आफुबाट गरेको अपेक्षा बुझ्नका लागि गाउँ केन्द्रीत भएका हुन् ।
उनी जिल्लाको मुम्रा, रास्कोट, मेहलमुढी, पोरीवन, डोप्का लगायतका टोलटोलमा जनताको घरदैलोमा पुगेका छन् । आफ्नो क्षेत्रको विकास निर्माणमा सधैँ लागि पर्ने सांसद रावतले बताएका छन् । उनले असारयता सान्नित्रिवेणीमा आएको बाढी र पहिरो पीडितसंग पनि भेटघाट गरेका छन् । बाढी पीडितको घाउमा मलहम लगाउन आफुले खेल्नुपर्ने भुमिका पूर्ण रुपमा खेलेको साँसद रावतले बताए । विकासका योजना बनाउन भूगोल, सस्कृती र इतिहासलाई जनप्रतिनिधिहरूले बुझ्नै पर्ने भएकाले आफु जनताको घरदैलोमा आएको रावतको भनाई छ ।
उनले आफुले चुनावको बेला जनतालाई दिएको बाचा पुरा गर्न लागि परेको जानकारी गराए । उनले भने, ‘मैले चुनावको बेला जनतालाई सडक, विद्युत् र खानेपानीको व्यवस्था गर्ने प्रतिवद्धता गरेको थिए केही प्रतिवद्धता पुरा भएका छन् भने केही अधुरा रहेका छन् ।’ चुनाव सकिएपछि जनता भेट्न नआउने गुनासो धेरै ठाउँमा सुनिन्छ तर सांसद रावत चुनावपछि गाउँमा बढी केन्द्रीत भएका छन् ।
अहिले विश्वव्यापी रुपमा कोरोना भाइरस फैलिएको छ साँसद रावतले जनताको घरदैलोमा पुगि संक्रमण को समयमा जनताहरुमा परेको असर, बिकास निर्माणमा भैरहेको ढिलासुस्ती जस्ता कुराहरुको गुनासो सुनेका छन् । बिकास निर्माणका कार्यहरुमा भैरहेको ढिला सुस्तीका बिषयमा स्थानीय राजनितीज्ञहरुसंग छलफल गरि छिटो भन्दा छिटो काम अघि बढाउन आग्रह गर्न जनताको घरदैलोमा प्रतिनिधि सभा सदस्य रावत गाउँगाउँमा गएका हुन् ।
अहिलेको यो खाली समयलार्य जनतासंग बसेर विकासका योजना निमार्ण गर्नका लागि गाउँकेन्द्रीत भएको साँसदसंग गएका लक्ष्मीप्रसाद चौलागाई ‘शैलेन्द्र’ ले बताए । काठमाण्डौमा बसेर धुवाधुलो खानुभन्दा यहाँ जनतासंग बसेर योजना निमार्ण गर्नु फलदायी देखेर जनताको घरदैलोमा आएको चौलागाईले जानकारी दिए ।

error: Content is protected !!