१४ बैशाख २०८१, शुक्रबार

कर्णालीमा अनौपचारिक क्षेत्रबाट यौनीकता शिक्षा प्रवद्र्धन गरिदै


सुर्खेत । कर्णालीमा अनौपचारिक क्षेत्रबाट बृहत यौनीकता शिक्षा सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिने भएको छ । विद्यालय शिक्षाको माध्यमबाट बृहत यौनीकता शिक्षा प्रदान गरिरहेको अवस्थामा नयाँ पाठ्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या विषयलाई ऐच्छिक बनाईएकाले आगामी दिनमा अनौपचारिक क्षेत्रको माध्यमबाट सञ्चालन गर्न लागेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका शाखा अधिकृत पदमबहादुर बुढा क्षेत्रीले बताए ।

नेपाल युवा संस्था सञ्जाल (आयोन) ले विगत लामो समयदेखि बृहत यौनीकता शिक्षा बिषयमा काम गरिरहेको र हाल बिद्यालय शिक्षामा समावेश गरिएका पाठ्यपुस्तकमा धेरै कुरा छुटेको संस्थाकी कार्यक्रम व्यवस्थापक सुस्मिता श्रेष्ठले बताइन ।

संस्थाले तयार गरेको पाठ्यक्रम माथिको सुझाव पत्र प्रस्तुत गरिएको थियो । नेपाल युवा संस्था सञ्जाल (आयोन) ले शुक्रवार कर्णाली प्रदेशका युवाहरु बिच गरेको छलफल कार्यक्रममा कर्णाली प्रदेशका करिब ३० युवाको उपस्थित रहेको थियो ।