७ बैशाख २०८१, शुक्रबार

वडाध्यक्षले भाचे श्रीमतीको खुट्टा


 

कालीकोटः जिल्लाको शुभकालीका गाउँपालिका–१ का वडाध्यक्ष बीरबहादुर बुढामगले प्रेसर कुकरले हान्दा श्रीमतीको खुट्टा भाँचिएको छ ।

श्रीमान–श्रीमति विचको सामान्य विवादमा वडाध्यक्ष बुढामगरले भातको कुकुरले हिर्काउदा श्रीमतिको खुट्टा भाचिएको हो । नेपाली कांगे्रसबाट शुभकालिका गाउँपालिकामा गत स्थानीय तह निर्वाचनमा विजयी भएका मगरले पटक पटक घरेलु हिंसा गर्दै आएका छन् । समाज परिवर्तनको हिस्ता बोकेका जनप्रतिनिधिबाट महिला हिंसा हुने गरेको सरोकारवालाको भनाई छ ।

सामान्य विवादमा वडाध्यक्षले कुकरले हान्दा श्रीमती रुपा वुढामगरको खुट्टा भाचिएको हो । विहिवार विहान घरमा सामान्य विवाद हुँदा वडाध्यक्ष वुढाले कुकरले हानेर खुट्टा भाचिदिएको रुपाका भाई केशव रोकामगरले जानकारी दिए । श्रीमानको कुटाईबाट घाईते बनेकी रुपा बुढामगरलाई स्वास्थ्य सेवा कार्यालय कालीकोटमा उपचार संम्भव नभएपछी कोहलपुर मेडिकल कलेजमा उपचार रिफर गरिएको छ । अहिले उनको कोहोलपुर मेडिकल कलेजमा उपचार भइरहेका छ ।