नरहरिनाथ गाउँपालिकालाई स्टेचर सहयोग


कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिकामा स्टेचरको अभावमा विरामी बोक्न समस्या भन्ने समाचार आएपछि विभिन्न सहयोगी व्यक्तिलाई पत्रकार पुष्पराज भट्टराई अपिल गरेपछि नरहरिनाथ गाउँपालिकालाई ९ वटा स्टेचर सहयोग गरिएको छ ।
केही दिन अघि नरहरीनाथ गाउँपालिकामा वडा नं ४ मा स्टेचरको अभावमा गर्भवती महिलालाई काठको डन्डिमा कपडाले झुन्डाएर स्वास्थ्य संस्था लैजादै गरेको फोटो समाजिक संज्जालमा सार्वजनिक भई विभिन्न संञ्चार माध्यममा आएपछी नरहरिनाथ गाउँपालिका–३ बस्ने पुष्पराज भट्टराईले अमेरिकामा बस्र्दै आएका राजकुमार हमाललाई सहयोगका लागि अपिल गरे हमालले सहयोग गर्न तयार भएपछि नरहरिनाथ गाउँपालिकाका ९ वटा वडालाई ९ वटा स्टेचर सहयोग गरिएको छ ।
पत्रकार विश्वनाथ सिम्खाडा र भट्टराईले सहयोगी मनलाई सहयोगका लागि अपिल गरेपछि राजकुमार हमालले १५ हजार, नेपाल वाहिर रहेका पत्रकार महासंघ कालीकोट शाखाका सदस्य लंक कार्कीबाटÞ दश हजार, रेडियो मालिका एफ एमका कार्यक्रम संयोजक पुष्पराज भट्टराले १५ हजार पाँच सय गरी जम्मा ४० हजार पाँच सयले ९ वटा स्टेचर पूर्व गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत्र लालबहादुर मल्ल, र हाल नयाँ जिम्मेवारी पाएर आएका प्रमुख प्रशासकिय अधिकृत्र दुर्गालाल न्यौपानेलाई हस्तान्त्रण गरिएको हो ।
मदन होटलको सभाहलमा भए अनौपचारीक कार्यक्रमको आयोजना गरि स्टेचर हस्तान्तरण गरिएको हो । स्टेचर वुझ्दै प्रमुख प्रशासकिय अधिकृत्र न्यौपाने र मल्लले सहयोगी मनहरुलाई धन्यवाद दिए । कहिलेकाँही सवै क्षेत्रमा हेर्नपनी सकिदैन, सजग र खवरादरीका लागि पत्रकारले चालेको कदम प्रति गाउँपालिका सकारात्मक रहेको उनीहरुले बताए । उनले भने, कहिँकतै जनताको पनी कमी कमजोरी देखिन्छ । वडामा स्टेचर नदिएको पनी हैन, दिएकै छन । त्यसको सहि सदुपयोग नगरेर विरामीलाई काठको डन्डिमा झुन्डाएर अस्पताल लैजानु प्रर्ने वातारण आयो । यस विषयमा हामि दुखित छौँ ।
स्टेचर प्रदान गदै पत्रकार पुष्पराज भट्टराईले आफुले विभिन्न सहयोगी मनसंग सहयोग मागेर हस्तान्तरण गरिएको स्टेचर गाउँपालिकाले चुनौतिका रुपमा नबुझ्दिन आग्रह गरे । उनले भने, ‘मैले गाउँपालिकालाई चुनौतिका रुपमा स्टेचर सहयोग गरेको होइन् ।’ विभिन्न व्यक्तिले फेसबुकमा महिलालाई काठमा झुन्डाएर अस्पताल लिदै गरेको फोटा फेसबुकमा हालेपछि अधिकाँशले महावैमा सहयोग गर्नेकै गाउँपालिकामा स्टेचर अभाव रहेछ भनि कमेन्ट गरेपनि आफुले विभिन्न व्यक्तिबाट सहयोग मागेको भट्टराई बताए ।
यस्तै कार्यक्रमा राप्रपाका अध्यक्ष धनबहादुर वटाला, पत्रकार भरतराज विष्ट, रत्नकार्की, नेपाल वारका अध्यक्ष दमनराज वमले, स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा देखाएको सहयोग नेपालर वाहिर रहेपनी पहल गर्ने र सहयोग गर्न दातालाई धन्यवाद दिए । सहयोग गरिएका स्टेचर फेरीपनी आवश्यक परेको वेला नभेटिने र फेरीपनी काठमै विरामि वोक्नु पर्ने वातावरण नहुनेमा विश्वास व्यक्त गरे । हस्तान्त्रण गरिएका स्टेचर समुदायमै राख्नु पर्ने सुझाव दिए ।
यो भन्दा अगाडी पत्रकार पुष्पराज भट्टराइले महावै गाउँपालिकालाई ७ वटा विरामि बोक्ने स्टेचर सहयोग गरेका थिए भने, अमेरीका वस्ने राजकुमार हमालले लकडाउनले गर्दा बन्दाबन्दीको समस्यामा परेका गरिब तथा विपन्नहरका लागी उत्पन्न भोकमरिको वेला खाद्यन्न राहत सहयोग गरेका थिए ।

error: Content is protected !!