विपन्न परिवारलाई आर्थिक सहयोग

कालीकोटः जिल्लाको सान्नित्रिवेणी गाउँपालिका वडा नं ६ पोरीवन निवासी पहलमान धामीका १२ वषिर्या छोरी मनिसा धामीको आर्थिक अभावका कारण उपचार हुन नसकेपछि खाडाचक्र नगरपालिका जिरो प्वाइन्टमा मेडिकल व्यवसायी गरि बसेका विष्ट मेडिकल हलका संचालनक तुलाराज विष्टको सहयोगमा उपचार हुने भएको छ ।
सोमबार दिउसो बहिनीहरुले एक आपसमा खेल्दा सानो ढुङगाबाट लडेर मनिसा धामीको १ हात ३ ठाउँमा भाचिएको थियो । न्युनआय स्तर भएका पहलमान धामीलाई छोरीको उपचार गर्न समस्या भएपछि विष्टले आफ्नो ७ र्औ बैवाहीक जिवनको उपलक्ष्यमा ८ हजार नगद सहयोग सहयोग गरेपछि धामीको उपचार हुने भएको छ ।
सामान्य परिवारमा जन्मेकी मनिसा धामीले समयमै उपचार नपाएपछि उनलाई समस्या भएको थियो । विष्टले आर्थिक सहयोग गरेपछि मंगलबार विहान जितेबजारबाट थप उपचारका लागि सुर्खेत पठाइएको छ । आफ्नो बैवाहीक जिवनको सार्तौ वर्षमा अति विपन्न परिवारलाई सहयोग गर्न पाउदा निकै खुसी भएको विष्टले बताए । उनले उत्सवका रुपमा बैवाहीक जीवनको सार्तौ वर्ष मनाउनु भन्दा पनि आफुले दुखि पिडितलाई सहयोग गर्न पाउदा आनन्द महसुष भएको बताए ।
त्यस्तै पीडित मनिसाको स्वास्थ्य अवस्था देखिपछि नेपाल प्रेस युनियनका उपाध्यक्ष सामुदायिक रेडियो मालिका एफ.एम.का कार्यक्रम संयोजक पुष्पराज भट्टराईले २ हजार नगद सहयोग गरेका थिए । भने जिते काउन्टरबाट टिकट सहयोग गरिएको थियो । यसको सम्पूर्ण सहजिकरण रेडियो नयाँ कर्णालीका स्टेशन मेनेजर भरतराज विष्टले गरेका थिए ।

error: Content is protected !!