स्वास्थ्य भवनको उदघाटन

कालीकोटः जिल्लाको शुभकालीका गाउँपालिकामा निमार्ण गरिएको दुई कोठे स्वास्थ्य इकाइ भवनको उद्घाटन गरिएको छ ।
शुभकालीका गाउँपालिकाको आर्थिक सहयोगमा निमार्ण गरिएको दुई कोठे भवनको संघिय साँसद दुर्गबहादुर रावतले उद्घाटन गरेका हुन् । शुभकालिका गाउँपालिका–२ का वडाध्यक्ष मन बहादुर शाहि (राजेश) को अध्यक्षता प्रतिनिधिसभा सदस्य माननीय दुर्ग बहादुर रावतको प्रमुख आथित्यता नेकपा कर्णाली प्रदेश सदस्य एवम् शुभकालिका गाउँपालिकाका इन्चार्ज भरतराज धितालको बिशेष आथित्यता र नेकपा कर्णाली प्रदेश सदस्य लक्ष्मीप्रसाद चौलागाइ (शैलेन्द्र) को उपस्थितिमा इकाइ र वडा कार्यालय भवनको उद्घाटन गरिएको हो ।
भवनको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य रावतले कालीकोटको विकासका लागि संघिय सरकारसंग आफुले बारम्बार पहल गरिरहेको बताए । उनले पहिलेको तुलनामा कालीकोटले विकास पाएको बताए । उक्त कार्यक्रममा नेकपा कालिकोटका सचिवालय सदस्य कृष्णप्रसाद आचार्य, धीर बहादुर बम, दुर्गा काफ्ले शुभकालिका गाउपालिकाका अध्यक्ष एवं नेकपा शुभकालीका गाउँपालिकाका पाटी अध्यक्ष खडानन्द चौलागाई गाउँपालिका उपाध्यक्ष पम्फा कुमारी शाही लगायतको उपस्थितिमा दुई कोठे भवनको उद्घाटन गरिएको हो ।

error: Content is protected !!