८ बैशाख २०८१, शनिबार

दाहासंस्कारको लागि गाडी र आर्थिक सहयोग


सुर्खेत । मृत्यु पस्यात दाहासंस्कारको लागि आर्थिक अभाव झेलिरहेका बरुण विक परिवारलाई आर्थिक सहयोग गरिएको छ । वीरेन्द्रनगर–१० मा बस्दै आएका दैलेखको दुल्लु नगरपालिका स्थित मालिका भन्दै ठाउँका बरुण विककी आमा प्याउली विकको समयमा नै उपचार नपाउँदा मृत्यु भएको थियो ।

मंगलबार प्यारलाईसिसकी बिरामी उनलाई प्रदेश अस्पतालले कोहालपुर मेडिकल कलेजमा रिफर गरेको थियो । तर समयमा नै गाडि नपाउँदा ढिलो गरी लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।

आर्थिक रुपमा पिरोलिएका बरुणलाई दाहा संस्कारको लागि आवश्यक पैसा नभएको थाहा पाए पछि सामाजिक अभियान्ता अभिनन्दन बस्नेत र महेन्द्र थापाले गाडी तथा आर्थिक सहयोग गरेका छन् । वीरेन्द्रनगरमा ज्याला मजदुरी गरेर आफ्नो जिविको पार्जन गर्दै आएका बरुणको श्रीमतीको केहि समय अघि मात्रै ढाडको अप्रेसन भएको छ ।

‘मंगलबार राती साढे ११ बजे बरुणको फोन आयो र उहाँले भन्नुभयो आमाको उपचारको लागि कोहलपुर रिफर गरिएको छ म संग एक पैसा छैन कसरी लैजान भने,’ अभियान्ता बस्नेतले भने, ‘त्यस पछि म लगायतका साथीहरुले पैसा पछि तिर्ने भनेर एम्बुलेन्सको व्यवस्था गरीदिएका थियौँ तर उहाँको बाटोमा नै निधन भएछ । त्यस पछि दाहा संस्सकारको लागि पछि आर्थिक नभएको भन्ने थाहा पाए पछि केहि सहयोग गरेका छौँ ।’ बरुणको परिवारलाई अहिले पनि आर्थिक सहयोगको आवश्यक रहेकाले आर्थिक सहयोग गरिदिन उनको आग्रह छ ।

आफुहरुको आर्थिक सहयोगले विक परिवारलाई केहि मात्रामा राहत मिलेको अर्का अभियान्ता महेन्द्र थापाले बताए । प्रदेश अस्पताल सुर्खैतको छयरोग कार्यक्रममा फास्ट स्टाबमा कार्यरत थापाले सहयोगका लागि अपिल समेत गरेका छन् ।

पछिल्लो समयमा अर्थिक रुपमा सम्पन्न ब्यत्तिहरुले देखावटी रुपमा सहयोग गरेको पाइए पछि समाजसेवा भनेको आफ्ना बिलासी आबस्यकताहरुलाई प्रथामिकतामा नराखेर समाजिक सेवामा खर्चिनु त्यो नै वास्तविक समाज सेवा भएको बताए । उनीहरुले सहयोग गरे पछि जिवनकुमार साक्य र पुर्ना भेदी बडुवाल लगायतले पनि आर्थिक सहयोग गरेका छन् ।

बस्नेत र थापाले बरुण परिवारलाई आर्थिक सहयोग गर्नको लागि बरुण विकको मोवाईल नम्बर ९८२४५११८१५ र अभियान्ता अभिनन्दन बस्नेतको मोवाईल नम्बर ९८४०३७३२४९ मा सम्पर्क गर्न हुन अनुरोध गरेका छन् ।