८ बैशाख २०८१, शनिबार

८४ हजार नगद सहित ११ जुवाडे पक्राउ


 

कालीकोटः जिल्लामा ८४ हजार २ सय ५० रुपैया नगद सहित ११ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटबाट खटिएको टोलिले बुधबार जुवाडे पक्राउ गरेको हो ।
सदरमुकाम मान्म बजारको जिरोप्वाइन्टमा रहेको जनता होटलबाट पक्राउ गरेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी यक्षराज जोशीले जानकारी दिए । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कालिकोटबाट गस्तिमा खटिएको प्रहरीको टोलिले जनता होटलबाट जुवा खेल्दै गरेका ११ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ ।
नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावली नजिकीर्दै गर्दा कालीकोट प्रहरीले शान्ति सुरक्षा कार्यम गर्दै विभिन्न विकृति विसंगतिका विरुद्धमा आफ्ना गतिविधि अगाडि बढाएको छ ।