विपी कोइराला स्कुल अफ पब्लिक पोलिसी सुर्खेतको अध्यक्षमा खड्का

सुर्खेत । विपी कोइराला स्कुल अफ पब्लिक पोलिसी सुर्खेतको अध्यक्षमा विवेक खड्का मनोनयन भएका छन् । नेपाल विद्यार्थी संघ मध्यपश्चिमाञ्चल विश्वविद्यालयका नेता समेत रहेका खड्कालाई पोलिसीको विधान २०७३ बमोजिम अध्यक्षमा नमोनयन गरिएको हो ।

खड्कालाई अध्यक्षमा नियुक्त गर्दै विपी कोइराला पब्लिक पोलिसीका कर्णाली प्रदेश संयोजक ललित बस्नेतले संस्थाको बिधान, ऐन तथा नियमको परिधिभित्र रहि कार्य गर्न अनुरोध गरेका छन् । साथै संस्था मार्फत युवाहरुको क्षमता विकास, खुल्ला समाज, मानव अधिकार, लोकतान्त्रिक मूल्य मान्यता आदिलाई सामाजिक रुपमा व्यापक बनाउन विभिन्न अभियानहरुले पाउने उनको विश्वास छ ।

मनोनित अध्यक्ष खड्काले संस्थाको विधि विधान अनुरुप युवाहरुलाई एकजुट गराएर लोकत्रान्त्रिक मुल्य मान्यतालाई समाजमा रुपान्तरण गर्ने तिर लाग्ने बताए ।  साथै विभिन्न खालका अभियानहरुलाई पनि तिव्रता दिने उनको भनाई छ ।

error: Content is protected !!