अर्थमन्त्रीको पहिलो निर्णय, विश्व बैंकबाट २० करोड डलर ऋण लिने

काठमाडौं । नव नियुक्त अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो पहिलो निर्णय विश्व बैंकबाट २० करोड डलर ऋण लिने गरेका छन् । नेकपाका महासचिव समेत रहेका पौडेलले दोस्रो पटक अर्थमन्त्रालयको कार्यभार सम्हाले संगै कार्य सुरु गरेका छन् । बुधबार मात्रै अर्थमन्त्रीमा नियुक्त भएका पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।

पौडेलले मन्त्रालयमा पुगेर पदबहाली गर्दै पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । सञ्चारकर्मीहरुलाई प्रवेशमा कडाइ गरिएको पदबहालीका क्रममा उनले पहिलो हस्ताक्षर विश्व बैंकबाट २० करोड डलर ऋण लिन निर्णयमा गरे ।

उक्त ऋण कोरोना भाइरस (कोभिड(१९) नियन्त्रण तथा रोकथाममा खर्च गरिने भएको छ । विश्व बैंकबाट २० करोड डलर सहुलियत ऋण स्वीकार्ने निर्णय सरकारले यसअघि नै गरिसकेको छ ।

मन्त्री पौडेललाई स्वागत गर्न अर्थसचिव शिशिर कुमार ढुङ्गाना, राजश्व सचिव रामशरण पुडासैनीसहितका कर्मचारी उपस्थित थिए । कोरोना संकटका कारण स्वागतमा कमभन्दा कम कर्मचारीलाई उपस्थित गराइएको हो ।

 

error: Content is protected !!