कर्णालीमा थप ७५ जनामा कोरोना संक्रमण, ५० जना निको भए

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप ७५ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा ५३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पाँच जना, दैलेख अस्पताल प्रयोगशालामा १६ जना र चौरजहारी नगरपालिका प्रयोगशालामा रुकुम पश्चिममा एक जनामा संक्रमण देखिएको हो ।

नयाँ संक्रमितहरु सुर्खेतका ३७ जना, दैलेखका २३ जना, जुम्लामा तीन जना, कालिकोटमा पाँच जना, रुकुम पश्चिम, सल्यान, डोल्पा र जाजरकोटमा एक, एक जना र अन्य प्रदेशका तिन जना रहेका छन् । यो संगै कर्णालीमा कुल संक्रमितको संख्या चार हजार आठ सय २४ पुगेको छ ।

५० जना निको भए

यस्तै पछिल्लो २४ घण्टामा थप ५० जना संक्रमित निको भएका छन् । यो संगै कुल निको हुनेको संख्या तिन हजार ६ सय पाँच जना पुगेका छन् ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलका अनुसार हाल सम्म कुल संक्रमण पुष्टी भएका मध्ये ११ जनाको मृत्यु भएको भने एक हजार एक सय ८८ जना संक्रिय संक्रमित प्रदेशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा रहेका छन् ।

error: Content is protected !!