७ बैशाख २०८१, शुक्रबार

मप विश्वविद्यालयबाट गिरफ्तार गरिएका विद्यार्थी नेताहरुलाई रिहा गर्न माग


सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट गिरफ्तार गरिएका विद्यार्थी नेताहरुलाई रिहा गर्न माग गरेको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले बिहीबार एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयका उपकुलपतीलाई विद्यार्थीका समस्याहरु तथा शैक्षिक मुद्दाहरु माथि ध्यानाकार्षण गराउन जाँर्दा पक्राउ गरिएको बताइएको छ ।

चैत्र यता विश्वविद्यालय बन्द रहेकाले यस अवधिको शुल्क मिनाहा गर्नुपर्ने लगायतका विद्यार्थीका समस्याहरु उठान गर्दै गर्दा विद्यार्थी नेताहरु अनिल शाही, सबिन चालिसे, सुरेन्द्र काफ्ले, रोशन कटवाल, सुरेन्द्र जैसी र राजकुमार घिमिरेमाथि सांघातिक आक्रमण भएको भन्दै नेविसंघले घटनाको घोर भत्सर्ना गरेको बताइएको छ ।

साथै गिरफ्तार गरिएका विद्यार्थी नेताहरुलाई तुरुन्त रिहा गर्न माग गरिएको छ । अन्यथा उपकुलपतीले मच्चाएको सत्ता आतंक तथा प्रहरी संरक्षित गुण्डागर्दीविरुद्ध कडा आन्दोलनमा उत्रने नेविसंघले चेतावनी दिएको छ ।