७ बैशाख २०८१, शुक्रबार

कोरोना पुष्टी भएका सुर्खेतका २२ बर्षीया पुरुषको मृत्यु


सुर्खेत । कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टी भएका सुर्खेतका २२ बर्षीया पुरुषको मृत्यु भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका–२ निवासी उनको बिहीबार साँझ उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार आफ्नो ठूलो बुवाको घरमा पढ्न बसेका उनी असोज २८ गते शौचालय गएको बेला मुखमा फिज आएको अवस्थामा बेहोस फेला परेका थिए ।

त्यस पछि उनलाई सामान्य झारफुक गरी उपचारको लागि देउती अस्पताल प्रा.लि मा लगिएको थियो । थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा लगिएका उनको उपचारको क्रममा २९ गते साँझ मृत्यु भएको थियो । असोज २९ गते बिहान संकलन गरिएको स्वावको रिर्पोट पोजेटिभ आएको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

मृतकको शव जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा नेपाली सेनाले व्यवस्थापन गरेको उनको भनाई छ । यो संगै कर्णालीमा कोरोना संक्रमण पुष्टी भएका १२ जनाको मृत्यु भएको छ ।