कर्णालीमा थप १०१ जनामा कोरोना

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप एक सय एक जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा ८२ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १० जना, दैलेख अस्पताल प्रयोगशालामा आठ जना र चौरजहारी प्रयोगशाला रुकुम पश्चिममा गरिएको परिक्षणमा एकजनामा संक्रमण देखिएको हो ।

संक्रमितहरु सुर्खेतका ५४ जना, दैलेखका १४, सल्यानका १२, कालिकोटका सात, जुम्ला, रुकुम पश्चिम र जाजरकोटका दुई, दुई जना, हुम्लाका एक जना र अन्य प्रेदेशका सात जना रहेका छन् । यो संगै कर्णालीमा कुल संक्रमित हुनेको संख्या चार हजार नौ सय २५ पुगेको छ ।

७३ जना निको भए

यस्तै पछिल्लो २४ घण्टामा थप ७३ जना संक्रमित निको भएका छन् । यो संगै कुल संक्रमित मध्ये निको हुनेको संख्या तीन हजार ६ सय ७८ पुगेको छ ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलका अनुसार पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो संगै कुल संक्रमित मध्ये १२ जनाको मृत्यु भएको छ । भने एक हजार एक सय ९९ जना संक्रमित प्रदेशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा रहेका छन् ।

error: Content is protected !!