सुर्खेतका ४२ बर्षीया पुरुषको मृत्यु पछि कोरोना पुष्टी

सुर्खेत । टाईफाईडका बिरामी सुर्खेतका ४२ बर्षीया पुरुषको मृत्यु पछि कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टी भएको छ । वीरेन्द्रनगर–९ का ती पुरुषको प्रदेश अस्पतालमा उपचारका क्रममा आज (शनिबार) ७ः२५ बजे मृत्यु भएको थियो । मृत्यु पछि जिन एक्सपर्ट विधिबाट कोरोना परिक्षण गर्दा पोजिटिभ देखिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।
१० दिनदेखि ज्वरो आएका उनको स्थानीय मेडिकल हलमा टाइफाइडको उपचारको लागि सुई लगाइएको र सन्चो नभएपछि प्रदेश अस्पतालमा उपचारको लागि लगिएको थियो ।
उनमा ज्वरो र खोकीसहितको लक्षण देखिएपछि शुक्रबार विहान १०ः३० बजे प्रदेश अस्पतालाको आकस्मिक कक्षको प्रि–आइसोलेसन युनिटमा भर्ना गरिएको थियो ।
शनिबार बिहान चार बजे तिर अक्सिजन स्याचुरेशन घटेको र सास फेर्न गाह्रो भएकाले आकस्मिक कक्षमा राखी अक्सिजन दिइएको र मुखबाट पाइप राखी इन्टुबेशन गरी आवश्यक उपचारको क्रममा मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । यो संगै कर्णालीमा कुल संक्रमण पुष्टी भएका मध्ये हाल सम्म १३ जनाको मृत्यु भएको छ ।

error: Content is protected !!