कर्णालीमा थप ११० जनामा कोरोना संक्रमण

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप एक सय १० जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ७५ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १३ जना, दैलेख अस्पताल प्रयोगशालमा २१ जना र चौरजहारी प्रयोगशाला रुकुम पश्चिममा एक जनामा संक्रमण देखिएको हो ।

संक्रमितहरु सुर्खेतका ५८ जना, दैलेखका २५, जुम्लाका नौ, कालिकोट र रुकुम पश्चिमका एक,एक जना, सल्यानका सात र अन्य प्रदेशका नौ जना रहेका छन् । यो संगै कर्णालीमा कुल संक्रमितको संख्या पाँच हजार ३५ पुगेको छ ।

५० जना निको भए
यस्तै पछिल्लो २४ घण्टामा थप ५० जना संक्रमित निको भएका छन् । यो संगै हाल सम्म कुल निको हुनेको संख्या तीन हजार सात सय २८ पुगेको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलका अनुसार कुल कोरोनाको संक्रमण पुष्टी भएका मध्ये १३ जनाको मृत्यु भएको छ भने एक हजार एक सय ७२ जना सक्रिय संक्रमितहरु प्रदेशका अस्पताल र आइसोलेसन सेन्टरमा रहेका छन् ।

error: Content is protected !!