लाटिकोईली शिव मन्दिरमा अर्धनारेश्वरको मुर्ति स्थापना

सुर्खेत । वीरेन्द्रनगर स्थित लाटीकोईलीमा रहेको प्रशिद्ध धार्मिक स्थल शिव मन्दिरमा अर्धनारेश्वरको मुर्ती स्थापना गरिएको छ । शनिबार घटस्थापनाको अवसर पारेर वीरेन्द्रनगरको–९ नम्बर वडामा रहेको शिव मन्दिरमा अर्धनारेश्वरको मुर्ति स्थापना गरिएको हो ।

प्राचिनकालमा एउटै ढुंगाबाट बनेको शिवको यस मन्दिरलाई विश्व सामु चिनाउनका निम्ति आधा शिव र आधा पार्वतीको २१ फिटको मुर्ति र ३० फिट अग्लो मुर्ति राख्ने ठाँउ गरि ५१ फिटमा राखिएको वीरेन्द्रनगर ९ वडाका वडा अध्यक्ष सुरेश मानन्धरले जानकारी दिए ।

किमदन्तीका अनुसार ४ सय वर्ष पुरानो शिव मन्दिरमा कान नसुन्ने र बोल्न नसक्ने व्यक्तिहरु आउदा बोल्ने र सुन्ने भएर जाने विश्वास छ ।

 

error: Content is protected !!