६ बैशाख २०८१, बिहीबार

दशैँको भत्ता नलिने भीम रावलको घोषणा


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भीम रावलले दशैँको भत्ता नलिने घोषणा गरेका छन् । उनले खातामा जम्मा भइसकेको दशैँ भत्ता फिर्ता गर्ने बताएका छन् ।

कोरोना महामारीका समयमा सांसदले भत्ता लिनु ठिक होइन भन्दै नेता रावलले दशैँ खर्च फिर्ता गर्ने घोषणा गरेका हुन् । ‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो ।

हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गरियोस्,’ रावलले ट्वीटरमा लेखेका छन्, ‘सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।’ उनले दशैँको भत्ता नलिनको लागि कुनै कानुन संसोधन गर्न नपर्ने उल्लेख गर्दै दशैँ भत्ता फिर्ता गर्ने बताएका हुन् ।