५ बैशाख २०८१, बुधबार

एकै दिन १०६ जना कोरोना संक्रमित निको भए


सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप एक सय ६ जना कोरोना संक्रमित निको भएका छन् । यो संगै हाल सम्म कुल निको हुनेको संख्या चार हजार ९१ पुगेको छ ।

थप ५० जनामा कोरोना

यस्तै पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशला सुर्खेतमा गरिएको परिक्षणमा ३८ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तीन जना, दैलेख अस्पताल प्रयोगशालामा ६ जना र चौरजहारी प्रयोगशाला रुकुम पश्चिममा गरिएको परिक्षणमा तीन जनामा संक्रमण देखिएको हो ।

नयाँ संक्रमितहरु सल्यानका २५, दैलेखका सात, सुर्खेतमा पाँच, रुकुम पश्चिम र जाजरकोटका तीन, तीन जना, हुम्ला र मुगुका एक, एक जना, जुम्लाका दुई जना र अन्य प्रदेशका तीन जना रहेका छन् ।

यो संगै कर्णालीमा कुल संक्रमितको संख्या पाँच हजार चार सय एक पुगेको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलका अनुसार हाल सम्म कुल संक्रमण पुष्टी भएका मध्ये १४ जनाको मृत्यु भएको छ भने एक हजार एक सय २९ जना सक्रिय संक्रमित प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेका छन्