स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द

कालीकोटः स्वास्थ्य सेवा कार्यालय कालीकोटमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा लक्षण सहितको कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक सेवा बाहेक अन्य सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।
स्वास्थ्य सेवा कार्यालय कालिकोटमा आकस्मिक र प्रसुति बाहेकका अरु सबै सेवा बन्द गरिएको हो । स्वास्थ्य सेवा कार्यालय कालीकोटको बिभिन्न बिभागहरुमा कार्यरत ४ जना स्वास्थ्यकर्मीहरुमा लक्षण सहितको कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका अरु सबै सेवा बन्द गरीएको सूचना अधिकारी कटक महतले जानकारी दिए । स्वास्थ्य सेवा कार्यालयले एक सूचना जारी गरि अर्को सूचना नहुँदासम्मका लागि अत्यावश्यक र प्रसुति सेवा बाहेकका अन्य सेवाहरु बन्द गरिएको बताइएको छ ।
साथै सूचनामा ज्यारो आउन, खोकि लाग्ने, श्वास फेर्न गा¥हो हुने, जिउ दुख्ने, गन्ध थाहा नपाउने लगायतका लक्षण देखा परेमा मान्ममा रहेका एकिकृत भवनमा स्थापना गरिएको कोभिड अस्पतालमा आएर सेवा लिन अनुरोध समेत गरिएको छ । जिल्लामा पछिल्लो समयमा कोरोना संक्रमणको संख्या बृद्धि हुर्दै गइरहेको छ । कालिकोटको कोभिड १९ अपडेट
निको भै हिजो डिस्चार्ज भएकाः १ जना (कोभिड अस्पतालबाट)
जम्मा सक्रिय संक्रमितः २९ जना
नयाँ संक्रमित थपः ०
हालसम्म जम्मा संक्रमितः २०३ जना
कोभिड १९ बिशेष अस्पतालमा उपचारार्थ भर्ना भएकाः ४ जना
नतिजा आउन बाँकी स्वाबको नमूना संख्याः ९४ वटा

error: Content is protected !!