यस वर्ष देउसी भैलो खेल्न कालीकोटमा रोक

कालीकोटः जिल्लामा देउसी भैलो खेल्न रोक लगाएको छ । नजिकिदै गरेको हिन्दुहरुको महान पर्व तिहारमा खेलिने देउसी र भैली खेल्न पूर्ण रुपमा रोक लगाउने निर्णय गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कालीकोटको सभाहलमा बसेको बैठकले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण दिनप्रतिदिन बृद्धि हुर्दै गएकाले जिल्लामा यस वर्ष देउसी भैली खेल्न रोक लगाउने निर्णय गरेको हो । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले तिहार पर्वमा सुरक्षा सर्तकता अपनाएर घरभित्र बसी टिका लगाउन दिने र देउसी र भैली खेल्नमा रोक लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईले बताए ।
बैठकले पर्वको बेला जात्रा मेला लगाउन नदिन मातहतका निकायलाई परिपत्र गर्ने जनाएको छ । कोरोना रोगको संक्रमण दिनप्रतिदिन समुदायमा फैलिसकेकोले नियन्त्रण र उपचारका लागि कठिन हुने भन्दै बैठकले प्रचारप्रासरमा तिव्रता दिने निर्णय समेत गरेको छ । बैठकले गरेको निर्णयलाई पालना गर्दै जिल्ला प्रहरी कार्यालय कालीकोटले तिहारको शुभकामना सहित देउसी भैली नखेल्न आग्रह गर्दै माइकिङ सुरु गरेको छ ।
जिल्लालाई पूर्ण रुपमा शान्ति सुरक्षा दिनका लागि प्रहरीले आफ्नो तर्फबाट खेल्नुपर्ने भुमिका खेल्न सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालयले यस वर्षको तिहारलाई सुरक्षित तरिकाले मनाउन र देउसी भैली नखेल्न जिल्ला सदरमुकाम मान्ममा माइकिङ सुरु गरेको हो ।

error: Content is protected !!