एम्बुलेन्स दुर्घटना हुदा चालकको मृत्यु

कालिकोटः जिल्लाको खाँडाचक्र नगरपालिका–८ सेरावाडामा गएराती एम्बुलेन्स दुर्घटना हुदा एम्बुलेन्स चालकको घटनास्थलमै निधन भएको छ ।
एम्बुलेन्स दुर्घटनामा परी दैलेख जिल्ला चामुन्डाविन्दासैनी नगरपालिका–४ निवासी अन्दाजी ५३ वषिय खगेन्द्र बहादुर शाहीको घटनास्थलमै निधन भएको पृथ्वी रक्तदान वीर फाउन्डेसन कालिकोटका कार्यालय सचिव पवन आचार्यले बताए ।
खाँडाचक्र नगरपालिकाको चौखोलाबाट बिरामी लिएर मान्म जिल्ला अस्पताल आउर्दै गरेको कर्णाली प्रदेश ०२००१ च ०१९२ नम्बरको एम्बुलेन्स सेरावाडा बजार नजिक राति सडकबाट खसेको आचार्यले बताए । एम्बुलेन्स सडकको डिकमा गएको बेला एम्बुलेन्समा रहेका बिरामीलाई बाहिर निकालि एम्बुलेन्स व्या गर्दा व्याग गिएरले काम नगरि खसेको स्रोतको दावि छ ।

error: Content is protected !!