८ बैशाख २०८१, शनिबार

तीन पटक तक्मा पाएका विष्टको निधन


कालिकोटः कालीकोटको शैक्षिक विकासमा लागि परेका जिल्लाको नरहरिनाथ गाउँपालिका–८ लालु निवासी कालीबाहान विष्टको निधन भएको छ ।
जिल्लाको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि अहोरात्र खटिनुभएका विष्टको ६८ वर्षको उमेरमा निधन भएको हो । दुवै मृगौला फेल भई उपचाररत विष्टको आफ्नै घरमा गएराती निधन भएको छ । करिव एक वर्ष अघिदेखि दुवै मृगौला फेल भएका विष्टको घरमै निधन भएको रोहनकुमार विष्टले बताए । नन्दादेवि मावि कोटवाडाका पूर्व प्रध्यानाध्यापक समेत रहेका विष्ट लामो समयदेखि प्यारालाईसेसको विरामी पनि थिए । कालिकोटको शैक्षिक क्षेत्रको विकासमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै पूर्व राजा विरेन्द्र विक्रम शाहकको हातबाट तिन पटक तक्मा समेत पाएका थिए । उनले २०५३ देखि ६२ सम्म शैक्षिक राष्ट्रिय पुरस्कारवाट सम्मानित हुँदै आएका थिए ।