१४ बैशाख २०८१, शुक्रबार

टालटुलमै सकिन्छ करोर्डौ रकम


कालीकोटः साविकको कर्णाली अञ्चलको विकासको मुख्य मेरुदण्डका रुपमा मानिएको कर्णाली राजमार्ग अर्थात सुर्खेत जुम्ला सडक खण्डमा बर्सेनी बजेट आउने गरेको छ ।
२०६३ साल चैत ३० गतेबाट संचालनमा आएको राजमार्ग मर्मतका लागि वर्षेनी करोर्डौ रकम आए पनि राजमार्गको स्वरुपमा परिवर्तन भने हुन सकेको छैन् । कर्णाली राजमार्गको नाममा आउने करोर्डौ रकम राजमार्ग टालटुलमै सकिने गरेको छ ।
राजमार्गको स्तरउन्ती अझै हुन नसकेको नागरिकको गुनासो छ । १४ वर्षसम्म पनि कर्णाली राजमार्ग नामाकरण गरिएको सुर्खेत जूम्ला सडक खण्डको स्तरउन्नती नहुनु आफैमा दुर्भाग्य भएको नागरिकको आरोप छ । राज्य संघिय संरचना पश्चात कर्णालीको विकासका लागि मुख्य मेरुदण्ड मानिएको कर्णाली राजमार्गको अवस्था दिनानुदिन विग्रर्दै गएको नागरिकले गुनासो गरे ।
उसो त कर्णालीको मुख्यमन्त्री कालीकोट जिल्लाको पचालझरना गाउँपालिका निवासी महेन्द्रबहादुर शाही भएपनि कर्णाली राजमार्गको अवस्था उस्तै रहेको छ । नागरिकमा भएको झिनो आशा थियो कालीकोटबाट कर्णालीको मुख्यमन्त्री भएपछि राजमार्गको स्तरउन्नती हुन्छ भन्ने नागरिकमा आश थियो, त्यो आश पनि मरेको छ । कर्णाली प्रदेश सरकारको मातहतमा राजमार्ग नभएपनि प्रदेशले गर्नुपर्ने पहल नगरेको कर्णालीबासीको भनाई छ । त्यो ३ वर्ष वित्न लाग्दा पनि नभएको नागरिकले बताएका छन् । सडक मर्मतको लागी करोडौँ वजेट आएपनी राजमार्गका खाल्डा खुल्डी टालटुलमै सकिने र बाटो नबन्ने भएपछी यात्रुले सास्ति खेप्नु परेको छ ।
कर्णाली राजमार्गको स्तरउन्नतीका लागि कालीकोटको दैखोला देखि जुम्ला सदरमुकाम खलङगासम्मका लागि आर्थिक वर्ष २०७६÷०७७ मा ३४ करोड रकम आएको भएपनि जम्मा ७ करोड मात्र खर्च भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिलबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार दैखोलादेखि जुम्ला सम्मको १ सय ४ किलोमिटर सडकमा कतै वाल, कतै पिच, कतै आरसीसी गरिएको छ । भने आर्थिक वर्ष २०७७÷०७८ का लागि ३५ करोडक रकम आएको प्रमुख भण्डारीले बताए ।
कर्णाली राजमार्गमा करोर्डौ रकम वर्षेनी आएपनि राजमार्गका हालत भने ज्यूँका त्यूँ छ । यसमा सरोकारवालको ध्यान जान किन नसकेको होला ?