पलाताका निजी स्रोतका शिक्षकले आठ महिनादेखि तलब पाएनन्
कालीकोटः पलाता गाउँपालिकाले राखेका नीजिस्रोतका शिक्षकले ८ महिनादेखि तलब नपाएको बताएका छन् । गाउँपालिकाले आफ्नो सहजताका लागि राखेका नीजिस्रोतका शिक्षकले अहिलेसम्म पनि तलव नपाएको भन्दै गाउँपालिका र शिक्षा शाखामा ज्ञापनपत्र बुझाएका छन् ।
सामुदायिक विद्यालय निजी स्रोत शिक्षक संघर्ष समितिका अध्यक्ष जंग विकल भने, ‘गाउँपालिकाले गत वर्षदेखि सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकहरुलाई तलब दिने गरेको थियो । तर आर्थिक वर्ष २०७६÷०७७ को तेस्रो चौमासिक र २०७७÷०७८ को पहिलो चौमासिकको तलव नपाउदा समस्या भएको छ । ८ महिनायता तलब नपाउँदा आफूहरुलाई निकै समस्या भएको नीजि स्रोतका शिक्षकहरुले बताएका छन् । उनीहरुले गाउँपालिकाले आफुहरुको समस्या नबुझेको भन्दै गुनासो समेत गरे ।
उनीहरुले भने, ‘कोरोना भाइरसको महामारी एकातिर छ । यो अवस्थामा हामीले काम गरेको समेत पैसा पाएका छैनौं । ८ महिनादेखि तलब नपाउँदा यो वर्षको महान पर्व दशैं पनि खल्लो भयो ।’ गत वर्षदेखि निजी स्रोतका शिक्षकहरुको तलब व्यहोर्ने जिम्मा लिएको गाउँपालिकाले तलब दिन नसकेको शिक्षकहरुले बताएका छन् ।
नीजि स्रोत शिक्षक संघर्ष समितिका संयोजक जंग विकद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । शिक्षामा लगानी बढार्औ, गुणस्तर बृद्धि गर्रौ भन्ने नारा गाउँपालिकाले लिएपनि शिक्षकको हितमा काम गर्न सकेन । माध्यमिक तहसम्म निशुल्क शिक्षा घोषणा गरेपनि अहिले विद्यार्थीबाट चर्को शुल्क उठाउने गरेको विज्ञप्तीमा भनिएको छ । यस विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पटक पटक फोन गर्दा मोवाईल अफ थियो भने गाउँपालिका अध्यक्षले फोन उठाउनु भएन ।
कर्णालीपाटी । ७ मंसिर २०७७, आईतवार १८:१५