८ बैशाख २०८१, शनिबार

वडाध्यक्षको नाममा १ लाख ६० हजार बेरुजु


कालीकोटः जिल्लाको खाडाचक्र नगरपालिका–४ मा रहेको नवज्योति आधारभुत विद्यालयको ९ वर्षको एकैपटक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
सूचनको हक सम्बन्धिको ऐन २०६४ र नियमावली २०६५ अनुसार प्रत्येक नागरिकले ४÷४ महिनाको अवधिमा सार्वजनिक सुनुवाई गर्नुपर्ने भएपनि जिल्लाको खाडाचक्र नगरपालिकामा रहेको नवज्योति आधारभुत विद्यालयले ९ वर्षको एकै पटक सार्वजनिक सुनुवाई गरेको हो । २०६४ सालमा स्थापना गरिएको उक्त विद्यालयले २०६९ सालदेखिको सार्वजनिक सुनुवाई सोमबार सम्पन्न गरेको छ ।
विद्यालयले ९ वर्षदेखिको आर्थिक लेखाजोखा विद्यालयको भौतिक विकास लगायतका क्षेत्रमा आफ्ना नागरिकलाई जानकारी गराएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जंगे कामी, विद्यालयका प्रधानाध्यापक रामबहादुर बोगटी, वडा नं ४ का वडाध्यक्ष धनसिंह विश्वकर्मा मुख्य जवाफदेहि बक्ताका रुपमा रहेका थिए । स्थानीय नागरिक समाजिका अगुवा एवं सामाजिक अभियान्ता बाले विश्वकर्माको पहलमा गत जेठ महिनामा लेखा समिति गठन गरि ९ वर्षको लेखाजोखा सार्वजनिक गर्न महत्वपूर्ण भुमिका खेलेका थिए ।
लेखा समितिले तयार पारेको प्रतिवेदन अनुसार ९ वर्षमा विभिन्न व्यक्तीका नाममा १२ लाख १३ हजार ८ सय ४३ रुपैया बेरुजु आएको छ । नवज्योती आधारभुत विद्यालयका प्रधानाध्यापक रामबहादुर बोगटीको नाममा ८ लाख चालिस हजार २ सय ४२, दानबहादुर विश्वकर्मा १ लाख ६२ हजार ८ सय १०, नरेन्द्र आचार्यका ५ हजार ८ सय ३५, निरु देवकोटा ४ हजार, दिपक विक २० हजार ४ सय, नन्दबहादुर शाही ६ सय ९०, गोपिचन्द्र अधिकारी ५ हजार, धनसिंह विश्वकर्मा १ लाख ६० हजार, जया विक १४ हजार ८ सय ६५ गरि जम्मा १२ लाख १३ हजार ८ सय ४३ रुपैया बेरुजु आएको छ ।
सार्वजनिक सुनुवाईमा गोविन्द्र विश्वकर्माले विद्यालयमा आउने रकममा वडास्तरका नेता देखि शिक्षित परिवारले अनियमितता गरेको बताए । उनले विद्यालयलाई कमजोर बनाउन पनि वडास्तरका नेताले महत्वपूर्ण भुमिका निर्वाह गरि विद्यालय कमजोर भएको बताएका छन् । जवाफदेहि बक्ताका रुपमा रहेका विद्यालयको विकासका लागि लागि परेका ६ जना बक्ताले आफ्नो कमजोरी भएको स्विकार गरे उनीहरुले अवको १५ दिनभित्रमा विभिन्न व्यक्तिको नाममा रहेको बेरुजु असुल गरि विद्यालयको खातामा जम्मा गर्ने पतिबद्धता गरेका छन् ।

खाडाचक्र नगरपालिका–४ का वडाध्यक्ष धनसिंह विश्वकर्माले विद्यालयको खाताबाट लिएको १ लाख ६० हजार पनि बेरुजु देखिएको छ ।
तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्षले विभिन्न समयमा विद्यालयको खाताबाट ३ लाख २४ हजार ५ सय रुपैयाको ६ वटा चेक लिएको भएपनि उनले १ लाख ६४ हजार ५ सयको विल भरपाई पेश गरि फच्र्यौट गरिएको पाइएपनि एक लाख ६० हजारको कुनै विल भरपाई नभएकाले उनको नाममा बेरुजु लेखा समितिले राखेको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकका जवाफ मेटाउर्दै वडाध्यक्ष विकले आफ्नो नाममा बेरुजु नभई विद्यालयबाट आफुले सापटी लिएको बताए । उनले भने, ‘गाउँमा एक जनाको छोरा जन्मिएको थियो, खर्च भएन आफुले विद्यालयबाट सापटी लिएर काम चलाएको हुँ ।’ तत्कालिन विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भए लगत्तै वडाध्यक्ष लगायत प्रधानाध्यापकले लाखौ रकम अनियमितता गरेको नागरिकले आरोप लगाए ।
सोही वडा निवासी हस्तबहादुर विश्वकर्मालाई विद्यालयले २०६४ साल मंसिर २५ गतेदेखि नियुक्ति दिएपनि उनको नाममा असोजदेखि तलवी भरपाई बनाउर्दै रकम अनियमितता गरेको खुल्न आएको छ । विद्यालयको नाममा अनियमितता गर्ने जवाफदेहि बक्ताले १५ दिनमा आफुहरुले रकम विद्यालयको खातामा जम्मा गर्ने प्रतिवद्धता गरेका छन् ।