तिलागुफाको राचुलीमा आगलागि ३ घर जले

कालीकोटः जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुलीमा आगलागि भएको छ । शनिवार विहान आगलागि भएको भएको हो । तिलागुफा नगरपालिका– ४ राँचुलीको दलित वस्तिमा आगलागी भएको प्रहरी जनाएको छ ।
दलित बस्तिका ३ घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताए । उनका अनुसार विहान ९ः३० बजेतिर विउरी विकको भान्साबाट सुरु भएको आगोले ३ घर जलेका हुन् । ३ घरमा १२ परिवार बस्दै आएको प्रहरी निरीक्षक शाहीले बताए । चुल्होमा आगो बाल्ने क्रममा काठमा आगो सल्केर घर जलेको हो ।
विहानी पख आगलागी भएकाले मानवीय क्षति भएको छैन । आगलागिबाट कुल विकको २ गाई जलेका छन् । भने घर र अन्नपात पनि जलेको बताइएको छ । राँचुलीका अधिकाँश घर काठबाट निमार्ण भएकाले पनि आगजनीको उच्च जोखिममा रहेका छन् ।

error: Content is protected !!