८ बैशाख २०८१, शनिबार

नरहरिनाथमा १५ शैयाको अस्पतालको शिलान्यास


कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिकामा १५ शैयाको अस्पताल र गाउँपालिकाको भवनको शिलान्यास गरिएको छ । देशभरका ३०९ वटा स्थानीय तहमा ५ देखि १५ शैयाका आधारभूत अस्पतालको एकसाथ शिलान्यास गरिएको छ ।
‘एक स्थानीय तह, एक अस्पताल’ कार्यक्रम अन्तरगत मंगलबार जिल्लाको नरहरिनाथ गाउँपालिकाले १५ शैयाको अस्पतालको शिलान्यास गरेको हो । संघीय सरकारको यहि मंसिर १५ गते एकैदिन देशभर ३०९ वटा अस्पतालहरु शिलान्यास गर्ने कार्यक्रम रहेको भएपनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शिलान्यास गरिने भनिएको अस्पताको १५ गते मुख्यमन्त्री नआएपछि नरहरिनाथ गाउँपालिकामा १६ गते मात्र एकै साथ २ वटा भवनका शिलान्यास गरिएको छ ।
कर्णाली प्रदेश सरकारका सदस्य तथा सचेतक कुर्मराज शाही, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष धन्जित शाही (आदर्श), नेपाली कांग्रेस कालिकोटका पार्टी प्रवक्ता नगेन्द्र बिष्टलगायतको उपस्थितिमा अस्पताल र गाउँपालिका भवनको शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रम पश्चात गाउँपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सचेतक शाहीले नेकपाको सरकारले विकासमा तिव्रता दिएको बताए । उनले एकै दिन नरहरिनाथ गाउँपालिकामा ५ वटा आयोजना मध्ये २ वटाको शिलान्यास हुनु र ३ वटाको उद्घाटन हुनु आफैमा राम्रो भएको बताए । उनले भने ‘पहिले नरहरिनाथ गाउँपालिकामा आउन एक दिन लाग्थ्यो, अहिले १ घण्टामा पुगिन्छ विकास क्रमश हुने हो रोटी पकाएजस्तो सहज कहाँ छ र ।’
उनले कालीकोटको विकासमा ढिलासुस्ती हुनुमा ठेकेदारको लाप्रवाही भएको बताए । अहिले कालिकोटमा विकास हुन नदिने काँग्रेस निकट ठेकेदार हुन । उनले भने ‘ठुला ठुला योजना काँग्रेसले ठेका पाउने र समयमै सम्पन्न नगर्ने भएकाले कालीकोटको विकास हुन सकेन ।’ उनले ५ वर्षको अवधिमा विकास भन्दा पनि ऐन बनाउने बर्ष भएकाले जनताले सोचे अनुसारको विकास हुन नसकेको स्विकार गरे ।
कार्यक्रममा बोल्दै विशेष अतिथि नेकपाका जिल्ला अध्यक्ष धनजित शाहीले गाउँपालिकाको विकासमा तिव्रता दिन जनप्रतिनिधिलाई निर्देशन दिए । नेपाली काँग्रेसले ३० वर्ष सत्ता चलाएर विकास गर्न सकेको थिएन कम्यूनिष्टले ३ वर्षमा के विकास गथ्र्यो र उनले जनतासामु प्रश्न गरे । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका युवा नेता तथा प्रवक्ता नगेन्द्र विष्टले कर्णाली प्रदेशका मुख्यमन्त्री आउने भनि कार्यक्रम सारिएपनि हेलिकप्टर नपाएर मुख्यमन्त्री आउन नसकेको बताए । उनले तत्कालीन स्वास्थ्य मन्त्री गगनकुमार थापाले अगाडि सारेको ‘एक स्थानीय तह, एक अस्पताल’ नेकपाले पुरा गरेको बताए ।
उनले भने, ‘नरहरिनाथ गाउँपालिका–५ रुप्सामा लाग्ने पुष्पाञ्जली सरद मेलामा मुख्यमन्त्रीले गाडिमा आउने उद्घोष गरेपनि अहिले सडक नपुगेपछि हेलीकप्टरमा आउने योजना पनि गुटका आधारमा हुने राजनीतिले गर्दा हेलीकप्टर नपाएर आउन पाउनुभएन ।’ कर्णाली प्रदेशका सचेतक कुर्मराज शाहीले शिलान्यास गरेको आयोजनाहरु सुनथराली विमानस्थल जस्तो नभएर समयमै सम्पन्न भएको देख्न पाउँ विष्टले भने ।
कार्यक्रममा नेकपा नरहरिनाथ गाउँपालिका गाउँ कमिटीका अध्यक्ष टेकबहादुर बुढाले पाटीको आन्तरिक लडाईले विकासका काम रोकिएको बताए । उनले धाँचुखोला जलविद्युत आयोजनाको काम कहा पूग्यो भन्दै गत वर्ष जलविद्युत आयोजनाको शिलान्यास गरेका राष्ट्रिय सभा सदस्य जीवन बुढालाई प्रश्न गरे । उनले हामीले जनप्रतिनिधि बनाएर कुर्चिको लागि पठाएका होइर्नौ देशको विकासका लागि पठाएका र्हौ । उनले नरहरिनाथ गाउँपालिकामा शिलान्यास भएका भवन अधुरा नहुन र समयमै सम्पन्न हुन । उनले नेकपाले घाटी हेरी हाड निल्नु पर्ने बताए । जनताको सामु झुटा र कोरा नारा लगाउनुभन्दा पनि विकास गरेर देखाउन आग्रह गरे । कार्यक्रम गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।