८ बैशाख २०८१, शनिबार

मुख्यमन्त्री नपुग्दै थिर्पुमा विरोध


कालीकोटः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पलाता नपुग्दै पलाता गाउँपालिका–९ का स्थानीय नागरिकले विरोध गरेका छन् ।
प्रदेश सरकारबाट योजना बढी आएपनि परिणाम आउन नसकेको भन्दै त्यहाँका केही नागरिकले मुख्यमन्त्री र गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमको विरुद्धमा विरोध गरेका छन् । उनीहरुले पम्पेलेट बनाएर विभिन्न ठाउँमा टाँसेका थिए । मुख्यमन्त्री आउने भएपछि आफुहरुले विरोध गर्नुपरेको देवनन्द पूर्वेले बताए ।
उनले पलाता जति भ्रष्टाचार, कमिशनमा अन्त नहुने बताए । उनले पलातामा आउने भनेका मुख्यमन्त्रीको योजना ३÷३ पटक विफल भएको किन भन्दै प्रश्न गरे । उनले संचारकर्मीहरुलाई पलाता गाउँपालिका घुमेर जानुस पलाताको विषयमा तपाई आफै थाहा पाउनु हुनेछ भन्दै आक्रोश व्यक्त गरे ।
उनले आफैले हातले लेखेर पम्पेलेट थिर्पुमा टासेका थिए । पलाताको पानी पचालझरनालाई बेच्ने खबरदार मुर्दावाद, लथालिङ्ग गाउँपालिका भताभुङ्ग प्रतिनिधि, कमिशनको रकम घर र जग्गामा भ्रष्टाचार ले उदेघाटनको रक्सी मासु थालिथालिमा, पहिले जनमतको माला अहिले भ्रष्टाचारको जाला, जनताका प्रतिनिधि बम र शाही कमिशन र उपभोक्तामा दाजु र भाई लगायतका नारा लगाएका थिए । उनले थिर्पुमा टासेका पम्पेलेट प्रहरीले च्यातेका हुन् ।