६ बैशाख २०८१, बिहीबार

अरुको गुनासो सुन्ने मुख्यमन्त्रीले खाडाबासीलाई राखे आफ्नो गुनासो


कालीकोटः जिल्लाको पलाँता गाउँपालिका–१ खाडाका अग्नीपीडितले आफुहरुले दाताले दिएको राहत पनि नपाएको गुनासो गरेका छन् ।
२०७५ साल पुस ८ गते राती भएको आगलागीबाट पीडित बनेका खाँडाबासीले विभिन्न निकाएले दिएको राहत आफुहरुले अहिलेसम्म पनि नपाएको भन्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गुनासो गरेका हुन् । १५ शैयाको अस्पताल उद्घाट गरी खाडागाउँमा निमार्ण गरिएका घर हस्तान्तरण गर्न गर्न पुगेका मुख्यमन्त्री शाहीलाई खाडाबासी गुनासो राखेपछि मुख्यमन्त्री शाहीले पनि आफ्नो गुनासो राखेका थिए । उनले प्रदेश सरकारले २४ घर पुर्ननिमार्ण गरेकामा धन्यवाद दिनुको साटो उल्टै राहतमा अनियमितता भयो भन्दा फेरी सहयोग गर्ने मन मरेको मुख्यमन्त्री शाहीले बताए । उनले भने, ‘एक पोका तेल र एक पोका चाउँचाउ पाएर्नौं भन्नुभन्दा घर पाएकोमा गर्व गर्नुपर्छ ।’ सवैलाई पुगेर सम्पति बढी भएर दाताले सहयोग नगरेको मुख्यमन्त्री शाहीले बताए । उनले दुखमा साथ दिने मान्छे नै महान भएको धारणा राखे ।
उनले सहयोग गर्नेलाई धन्यवाद दिन नसकेको भन्दै दुख व्यक्त गरे । उनले सरकारको प्रमुख पलाताको खाडामा आउदा आफुले आश गरेको भन्दा पनि खाडाबासीले आफुलाई निराश बनाएको बताए । उनले खाडामा उपस्थित सवैले धन्यवाद दिन्छन् की सोचेको कसैले धन्यवाद पनि नदिएको बताए । आफु अहिले माग्ने ठाउँमा नभएर दिने ठाउँमा भएकाले पलाताको विकासका लागि प्रदेश सरकारले पठाएको रकम हेर्न आग्रह गरे ।
गाउँपालिका र खाडाबासीको विचमा भएको विवाद स्थानीय सरकार बसेर मिलाउनुपर्ने बताए । उनले तत्काल खाडाको अग्नीपीडितको नाममा आएको राहतको सार्वजनिक सुनुवाई गर्न सरकारलाई निर्देशन दिए । अहिले पलाती त हामी भर्यौ नरहरिनाथ गाउँपालिकाका नागरिकले भन्न थालेको मुख्यमन्त्री शाहीले बताए । उनले अन्य पालिकामा गएको भए आफ्ना समस्या ल्याएर नागरिक भिड हुने भएपनि खाडामा सवैलाई पुगेको आफुलाई भान भएको बताए ।
उनले आफुले अहिलेसम्म खाडाबासीको केही नलुटेको बताए । तपाईको मतदानले मैले निर्वाचन जितेको हुँ । भोट बाहेक तपाईहरुको के लुटे अनि मुख्यमन्त्रीको विषयमा नाराबाजी र पुत्ला जलाउनुपर्ने आवश्यक किन भयो भन्दै खाडाबासीसंग मुख्यमन्त्री शाहीले गुनासो गरे । खाडामा पुगेर मुख्यमन्त्री शाहीले पलाता सरकार र स्थानीय पाटीको विवाद मिलाउन पनि धेरै प्रयत्न गरेका थिए । मुख्यमन्त्री शाहीसंग संघिय साँसद दुर्गबहादुर रावत पनि गएका थिए ।