७ बैशाख २०८१, शुक्रबार

प्रचण्ड र माधव गुटका नेताले गरे पाटी कार्यालय कब्जा


कालीकोटः प्रधानमन्त्री केपी शर्मा ओलीलेले संसद विघटन गरेको विरुद्धमा संघर्ष गरिहेको नेपाल कम्यूनिष्ट पाटी पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समुहले नेकपा पाटी कार्यालय कालीकोट कव्जा गरेको अभिव्यक्ति दिएका छन् ।
प्रधानमन्त्री ओलीले जनताको जनवादलाई लात हानेको भन्दै दुई समुह निकटका नेता तथा कार्यकताहरुले मान्ममा रहेको पाटी कार्यालय कव्जा गरिएको घोषणा गरेका थिए । उनीहरुले ओलीले असम्बैधानीक कदम उठाएको भन्दै मान्ममा लगातार विरोध गरिरहेका थिए सोही सिलशिलामा शनिवार विहान पाटी कार्यालय कव्जा गरेका हुन् ।
नेपाल कम्यूनिष्ट पाटीका जिल्ला अध्यक्ष धनजित शाही, कालीकोट जिल्ला प्रदेशसभा क्षेत्र क का साँसद एवं कर्णाली प्रदेश नेकपाका सचेतक कुर्मराज शाहीलगायतको नेतृत्वमा पाटी कार्यालय कव्जा गरिएको सामाजिक संजालमार्फत अभिव्यक्ति दिएका थियो । पाटी कार्यालय कव्जासंगै नेकपाले केही समयदेखि बन्द रहेको पाटी कार्यालमा हुने कामकाज शनिवारदेखि नियमित सुरु भएको घोषणा समेत गरेका थिए । पाटी कार्यालयसंगै उनीहरुले नेकपा जिन्दाबाद, माधव प्रचण्ड जिन्दाबाद भन्ने नारा समेत लगाएका थिए ।