८ बैशाख २०८१, शनिबार

समन्वयात्मक बैठक सम्पन्न


कालीकोट जिल्लामा न्यायसंग सम्बन्धित सरोकारवाला निकायसंग समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
संस्थागत सुधार मार्फत न्यामा पहुँच परियोजनको आर्थिक सहयोग, सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेखको समन्वय र ग्रामिण विकास तथा प्रयावरण संरक्षण मञ्च भिडिसेफ नेपालको आयोजनमा जिल्लाका सरोकारवालाहरुसंग समन्वयात्मक बैठक सम्पन्न भएको हो ।
ग्रामिण विकास तथा प्रयावरण संरक्षण मञ्चका कार्यवाहक अध्यक्ष नेत्रप्रसाद देवकोटाको अध्यक्षता, खाडाचक्र नगरपालिकाका उपप्रमुख विजया विष्टको प्रमुख आतिथ्यतामा बैठक बसेको थियो । भिडिसेफ नेपाल कालीकोटले जिल्लाको २ वटा स्थानीय तहमा न्याँयमा पहुँच परियोजना संचालन गरिरहेकाले जिल्लाका सरोकारवालाहरुसंग सवै नागरिकको पहुँच न्यायमा कसरी पुगाउन सकिन्छ भन्ने उद्देश्यका साथ बैठको आयोजना गरेको हो ।
कार्यक्रमको बारेमा जानकारी गराउदै भिडिसेफ नेपालका कार्यक्रम व्यवस्थापक राजेन्द्र सहकारीले परियोजना जिल्लाको नरहरिनाथ गाउँपालिका र सान्नित्रिवेणी गाउँपालिकामा लागु भएको बताए । उनले २ वटा स्थानीय तहका दलित बस्तीमा गएर न्यायसम्बन्धि साक्षरता कार्यक्रम संचालन गरिएको जानकारी दिए । उनका अनुसार स्थानीय तहमा भएका न्यायीक समितिको काम कतव्र्य अधिकार के हो ? पीडित नागरिकले न्यायका लागि कुन निकायमा जाने भन्ने सम्बन्धमा नागरिकलाई सुसुचित गरिएको बताए ।
कार्यक्रममा प्रमुख अतिथि विजया विष्टले स्थानीय तहमा भएका न्यायीक समितिलाई काम गर्न समस्या भएको बताइन् । उनले जघन्य अपराध बाहेकका मुद्दा न्यायीक समितिले हेर्ने भएकाले छुट्टै इजलास कक्ष नहुदा समस्या भएको बताईन् । कार्यक्रमा बोल्ने अधिकाँश व्यक्तिले विभिन्न संघसंस्थाको सहयोगमा नागरिकलाई सुसुचित गरि पीडित नागरिकलाई न्याय दिलाउन सवैको जिम्मेवारी भएको बताएका थिए ।