जैविक विविधता संरक्षण सम्बन्धि १ दिने तालिम

कालीकोटः  ग्रामीण हिमाली क्षेत्रमा दिगो जिविकोपार्जन तथा जैविक बिबिधता संरक्षण शुलभ परियोजना सम्बन्धि १ दिने जिल्ला स्तरीय पत्रकारीता तालिम मान्ममा सम्पन्न भएको छ ।

टिडिएच÷बिएमजेट जर्मनको सहयोग मानव अधिकार तथा वातावरण बिकास केन्द्र (हुरेन्डेक) नेपालको सहजिकरण रेडियो चंखेलीको समन्वयमा १ दिने तालिमको आयोजना गरिएको हो ।
नेपाली पत्रकारीता क्षेत्रमा जैबिक बिबिधता संरक्षणमा पत्रकारले पु¥याउनु पर्ने ध्यान र पत्रकारले उठाउनु पर्ने मुद्दाका बिषयमा तालिमको आयोजना गरिएको थियो । हुरेन्डेक नेपाल कालीकोटका कोषाध्यक्ष दिलिप कुमार शाहीको अध्यक्षता नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य कृष्णराज धमालाको प्रमुख आतिथ्यता सुलभ परियोजनाका संयोजक राजेश गौतम लगातयतको उपस्थितिमा कार्यक्रमको आयोजन गरिएको थियो । तालिमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि धमालाले अहिलेको पत्रकारीता पेशा धमिलीदै गएको बताए । उनले, अहिले समाचार लेख्दा सामान्य तरिकाबाट, सवै नागरिकले बुझ्ने गरि लेख्नु पर्ने बताए ।

error: Content is protected !!