अध्यक्ष आफु नै भएको सचिव शाहीको दावि

कालीकोटः नेपाल कम्युनिष्ट पाटी नेकपाले कालीकोट जिल्लाका पाटी सचिव नगिन्द्र शाही ‘नेश्नल’ लाई सचिव पदबाट हटाएको छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल समुहले कालीकोटमा आयोजना गरेको जिल्ला कमिटी बैठकबाट सचिव शाही र कार्यालय सचिव दानबहादुर शाहीलाई पाटीबाट हटाइएको निर्णय गरेको थियो । नेपाल कम्यूनिष्ट पाटी नेकपाका जिल्ला अध्यक्ष धनजित शाहीको अध्यक्षतामा बसेको बैठकले पाटी सचिव र कार्यालय सचिवलाई पाटीबाटै हटाईएको बताइएको छ ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको अलोकतान्त्रीक, असम्बैधानिक कदमको पक्षमा रहेर पाटी विरोधि गतिविधि गर्दै आएकाले बहुमत सदस्यको निर्णय अनुसार पाटीबाट हटाइएको जिल्ला अध्यक्ष धनजित शाहीले बताए । उनले अर्धनिलम्बीत भने पनि हुन्छ । सवैधानिक कु का विरुद्धमा पाटी सचिव लागेपछि हटाउन बाध्य भएको बताए । प्रचण्ड र माधव नेपाल समुहमा आए उचित स्थानको व्यवस्था जिकिर गरे ।
यता नगिन्द्र शाही ‘नेश्नल’ ले सचिवबाट हटाउनु हास्यास्पद भएको बताए । उनले कालीकोटमा नेकपाले गाइजात्रा, गरिरहेको बताए । उनले अहिले आफु नेकपा कालीकोटको पाटी सचिवबाट अध्यक्ष, केन्द्रीय आयोजक कमिटीको सदस्य नै भएको दावि गरे । उनले अहिले पाटी दुई धारमा भएको कार्वाही भन्दा वित्तिकै कसले कार्वाही गर्न सक्ने हो । अव कालीकोट नेकपाको अध्यक्ष म नै हुँ । नेकपा गठबन्धन भएपछि जिल्ला अध्यक्ष माथिबाटै टिका लगाइएका हुन् । म कार्यकताबाट चुनिएर तत्कालिन नेकपा एमालेको जिल्ला अध्यक्ष हो अहिले नेपाल कम्यूनिष्ट पाटीको जिल्ला अध्यक्ष नै म हुँ । शाहीले इकर्णाली पाटीसंगको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन् ।

 

error: Content is protected !!