८ बैशाख २०८१, शनिबार

कालीकोटमा नेकपाको गाइजात्रा


कालीकोटः संसद् विघटनपछि नेकपाकै एउटा तप्का अहिले सरकारमा र अर्को तप्का सडक संघर्षको अवस्थामा पुगेका छन् । दुई पक्षले आ–आफु बैधानिक भएको दावी गर्दै एकले अर्कोलाई आरोप–प्रत्यारोप लगाउर्दै सडक देखि संसदसम्म संघर्षका कार्यक्रम तय गरेका छन् ।
केपी ओलीपक्षले प्रधानमन्त्री केपि शर्मा ओलीले जनताले दिएको अधिकारको प्रयोग गरेर ससद बिघटन गरेको दावि गरिहेका छन् । संसारको कार्यकारी अधिकारले ससद बिघटन गर्न पाउने ब्यवस्था संबिधानमा भएकै कारणले सरकारलाई गम्वीर संकट आएपछि संसद बिघटन गर्न परेको केपी ओली पक्षको भनाई छ भने, संसद विघटन संविधान विपरित भएको प्रचण्ड–माधव पक्षको भनाई छ ।
नेकपा विभाजन विशुद्ध कम्युनिष्ट पार्टी र तिनका लाखौ कार्यकर्ताको मात्रै सरोकारको विषय बनेको छैन नेपालको राजनीतिमा अहिले नेकपाभित्रको विवादले उनीहरुलाई मात्र समस्या छैन नेपाली राजनीतिमा नै प्रश्न चिन्ह खडा गर्दिका छन् । कालीकोटमा पनि अहिले विभिन्न गुटका संघर्षका कार्यक्रम हुर्दै आएको छन् । संसद विघटन गरेका विरुद्धमा १३ गते कालीकोटमा काँग्रेसले विरोध प्रर्दशन गर्यो । १४ गते माधव–प्रचण्ड समुहले व्यापक विरोध प्रर्दशन गरे भने १८ गते ओली समुहले प्रधानमन्त्रीको निर्णय कार्यान्वयनका लागि दवाव दिन कार्यक्रमको आयोजना गर्ने भएका छन् । नेकपा विभाजन जेसुकै कारणले भएपनि देश र जनतामाथिको धोका र नेपाली जनमतको अपमान भएको राजनीतिक विश्लेषकले बताउने गरेका छन् । नेकपाको आन्तरिक विवादले देशमा संकट पैदा भएको छ । दुई गुटका फरक फरक केन्द्रीय कमिटी बैठकले नेकपालाई दुई समुह विभाजन भइसकेको छ ।
देशका विभिन्न जिल्लामा कसैले ओलीको समर्थनमा दिप प्रज्वलन गरिरहेका छन् भने प्रचण्ड–माधव समुहले ओलीको विरुद्धमा राके जुलुसदेखि विभिन्न संघर्षका कार्यक्रम गर्दै आइरहेका छन् । अब कानूनी वैधताको लागि दुई पक्षबीच लडाईं हुने देखिन्छ । प्रधानमन्त्री ओलीले जब २०७७ पुस ५ गते संसद् विघटनको कदम चाले, यसले नेकपाको विभाजनलाई थप मलजल गरेको छ । नेकपाका नेताले स्थानीय तह, संघिय सरकार र प्रदेश सरकारको निर्वाचनमा जनतालाई देखाकाएका सपनाको हत्या गरेको नागरिकले बताउर्दै आएका छन् ।
अहिले विभिन्न गुटका कार्यकता अन्धभक्त भएर लागिरहेका छन् । उनीहरुले संसद पुर्नस्थापनका लागि भन्दा पनि आफ्ना गुटका नेताको संरक्षणका लागि सडकदेखि सदनसम्म गाईजात्रा गरिरहेका छन् । भने अहिले सर्वसाधारण नागरिक नेकपाको गाईजात्राको रमिते भएर रमिता हेरी रहेका छन् । नेपालमै पहिलोपटक बामपन्थी पार्टीको सबभन्दा शक्तिशाली सरकार भएको अवस्था थियो । स्थिरताको लागि भोट मागेका प्रधानमन्त्री ओलीले पार्टीको आन्तरिक किचलोमा दुई बर्ष कार्यकाल बाँकी रहदै संसद विघटन गरेर देशलाई एउटा खराब प्रयोगतिर प्रवेश गराएका छन् ।
प्रधानमन्त्री ओली आफैंले पनि पार्टीभित्रको दाउपेचका कारण सरकार संचालनमा कठिनाई भएकाले संसद् विघटन गरेर जनताकहाँ जानु परेको बताउर्दै आएका छन् । हुन पनि मर्ने बेला कुखुरा पनि छडि हान्छ भन्ने उखान अहिले ओलीमा चरितार्थ भएको देखिन्छ । पाटी भित्रकै असहयोगले बाध्य भएर केपी ओलीले संसद विघटन गर्नु परेको हो । प्रचण्ड–माधव समुहको विरोध सभाकै दिन विहान केपी समहुले कालीकोटमा पत्रकार सम्मेलनको आयोजना समेत गरेको थियो । पाटीभित्रको आन्तरिक द्धन्द्धका कारण अहिले कालीकोटमा दुबैपक्षबाट जाईजात्रा सुरु भएको छ । २००६ सालमा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएपछि अहिले नेकपा विभिन्न चिरामा टुक्रिएको छ । विगतमा यति ठूलो शक्ति कम्युनिष्ट पार्टीमा कहिल्यै थिएन ।
राजीतिक स्थायित्व, विकास र समृद्धिको सपना पूरा गर्ने नेकपालाई ठूलो र ऐतिहासिक अवसर पनि प्राप्त भएको थियो । संविधानको रक्षामा उभिनुपर्ने नेकपा संविधानको आ–आफ्नै ब्याख्यामा उत्रेको छ । देशलाई स्वाधीनता र समृद्धिको दिशामा अगाडि बढ्नका लागि नेकपाको विभाजन अनुकूल छैन । तर पनि कुर्चिको लोभले अहिले नेकपा चिरा चिरामा परिणत भएको छ । यसको असर नेपाली राजनीतिमा मात्र नभएर सर्वसाधारण नागरिकमा देखिएको छ । त्यसैले नेकपा साच्चिकै कम्यूनिष्ट हो भने पुर्नमिलन गरि संसदलाई पुर्नस्थापना तिर लाग्नु नै आजको आवश्यकता देखिन्छ ।