कालीकाेटमा फुटबल प्रतियोगिता सुरू

 

कालीकाेट: पारा कर्णाली क्लवद्वारा पहिलाे पटक जिल्लामा फुटबल प्रतियाेगिताकाे अायाेजना गरिएकाे छ ।
राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ  पहिलाे पटक जिल्लामा फुटबल खेल सूरू गरेकाे हाे । पुस 15 काे अबसर पारेर क्लबले खेलकाे अायाेजना गरेकाे पारा कर्णाली क्लबका अध्यक्ष दिनेश शाहिले बताए ।
उनले कालीकाेटमा भलिवल खेल सबैकाे राेजाईमा पर्ने गरेकाे भएपनि फुटबलको महत्त्व बुझाउका लागि खेलकाे अायाेजना गरिएकाे जानकारी दिए । फुटवल खेललाई बचाउनका लागि क्लवले खेलकाे अायाेजना गरेकाे क्लवका सचिव श्वदेश शाहिले बताए । कालीकाेटबाट लाेप हुने अबस्थामा रहेकाे खेलकाे संरक्षण गर्नका लागि खेलकाे अायाेजना गरिएकाे सहसचिव तपेन्द्र शाहिले बताए । अाजदेखि सुरू भएकाे खेल पुस १७ गतेसम्म संचालन हुनेछ ।
प्रतियाेगितामा १० वटा टिम सहभागी भएका छन् । अाज पहिलाे दिन ४ वटा खेल भएका छन् । अाज भएकाे खेलमा अायाेजक पारा कर्णाली क्लब, लिङ्गासैनी, अाेल्ड हाउस र ए टु जेट क्लबले जित हातपार्न सफल भएकाे अायाेजकले जानकारी दिएकाे छ । खेल भव्य र सभ्य तरिकामा संचालित छ ।

 

error: Content is protected !!