४५ र्औ मेलमिलाप दिवस कालीकोटमा पनि मनाइयो

कालीकोटः कालीकोटसहित देशभर ४५ औ राट्रिय एकता तथा मेलमिलाप दिवस मनाइएको छ ।
नेपाली काँगे्रसमा पार्टीमा मेलमिलापको साटो गुट अपगुट मौलाउदै जादा जिल्लाका नेताहरुले चिन्ता व्यक्त गरेका छन् । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला लगायतका नेताहरुले लामो समय भारतको सरणार्थी जीवन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गते हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवस काँग्रेसले मनाउर्दै आएको छ । सोही सिलशिलामा कालीकोटमा पनि भव्य रुपमा मेलमिलाप दिवस मनाइएको हो ।
मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, काँग्रेस नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए । सोही दिनलाई नेपाली काँग्रेसले मेलमिलाप दिवस भनेर मनाउने गरेका छन् ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटका सचिव यशोदा शाहीको अध्यक्ष नेपाली काँग्रेसका महासमिति सदस्य भुपेन्द्रजंग शाहीको प्रमुख आतिथ्यता तथा नेपाल कम्यूनिष्ट पाटी नेकपाका जिल्ला अध्यक्ष धनजित शाहीको आतिथ्यतामा कालीकोट काँग्रेसले वर्तमान राजनीतिक परिवेशमा मेलमिलाप नीतिको सान्र्दभिकता विषयक विचार गोष्ठीको आयोजना गरि ४५ मेलमिलाप दिवस मनाएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि महासमिति सदस्य भुपेन्द्रजंग शाहीले कागे्रंसमा मेलमिलाप दिवसवाट एक आपसमा रहेका समस्या समाधान गर्नु पर्ने बताए । साथै वर्तमान समयमा राष्ट्रियताका सवालमा सम्पूर्ण राजनैतिक दलहरु एक भएर लाग्नु पर्ने बताए । उनले पार्टीलाई जिल्लामा एक बनाएर लिने काम भैरहेको बताए । साथै जिम्मेवारी अनुसार जनतामा समस्या समाधान गर्नको लागी कार्यकर्ताहरुलाई गाउँ गाउँमा केन्द्रीत हुन आग्रह गरे । सरकारको अलोकतान्त्रिक कदमको विरोधका लागि जनतालाई एकिकृत गर्न यो वर्षको मेलमिलाप दिवस केन्द्रित भएको बताए ।
कार्यक्रम नेकपाका जिल्ला अध्यक्ष धनजित शाहीले अहिलेको बर्तमान राजनीतिक परिवेशमा सवै दल एक भएर जानुपर्ने बताए । उनले विपीको समाजवादलाई सवै पाटीले मान्दै आएको पनि बताए । दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै स्वदेश फर्किएका काँग्रेस नेता बिपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि राजनीतिक दल र राजा मिल्नुपर्ने धारणा राखेका थिए । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती व्यवस्था शुरु गरेपछि कोइरालासहितका नेतालाई ७ वर्ष जेल पठाइएको थियो ।
त्यसपछि २०२५ सालमा बिपीसहितका काँग्रेस नेता भारत प्रवासमा गएका थिए । तर मेलमिलापको नीति बोकेर नेपाल आएका बिपीसहितका काँग्रेस नेतालाई तत्कालीन पञ्चायतले पक्रेर सुन्दरीजल बन्दीगृहमा लगेर राखेका थिए । नेपालमा केही समय जेल जीवन बिताइसकेपछि २०२५ सालमा भारत प्रवासमा गएका नेताहरू राष्ट्रियतामाथि खतरा देखिएको भन्दै २०३३ साल पुस १६ गते नेपाली काँग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्केको सम्झनामा यो दिवस मनाइने गरिएको छ । विचार गोष्ठीमा नेपाली काँग्रेसमा महासमिति सदस्य टेकराज शाही, महाधिवेशन प्रतिनिधि मानबहादुर रोकाया, तरुण विभागका केन्द्रीय सदस्य मीनबहादुर बोगटी महिला नेतृ तारा शाहलगायतका नेता तथा कार्यकताको उपस्थिति रहेको थियो ।

 

error: Content is protected !!