जन्मदिनमा हुने खर्चले विद्यार्थीलाई शैक्षिक सामाग्री

कालीकोटः जिल्लाको पचालझरना गाउँपालिका–४ निवासी जन्मप्रसाद न्यौपानेले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र विद्यालयलाई कुर्चि हस्तान्तरण गर्नुभएको छ ।
जन्मदिनका अवसरमा हुने फजुल खर्च कटाएर उनले विद्यार्थी र विद्यालयलाई सहयोग गरेको बताए । उनले भने, ‘जन्मदिनमा अधिकाँशले धेरै खर्च गर्छन मैले केही नयाँ काम गरु भनेर विद्यार्थी र विद्यालयलाई शैक्षिक सामाग्री दिएको हुँ ।’ उनले करिव २१ हजार बराबरको शैक्षिक सामाग्री चुलिमालिका प्राथमिक विद्यालयमा अध्ययनरत ७६ जना विद्यार्थीलाई कापी, कलम र विद्यालयलाई १० वटा पलाष्टिक कुर्चि हस्तान्तरण गरेका थिए ।

error: Content is protected !!