सान्नित्रिवेणीमा अन्तरपाटी युवा संजाल गठन

कालीकोटः जिल्लाको सान्नित्रिवेणी गाउँपालिका–२ मा अन्तरपाटी युवा संजालको गठन गरिएको छ । सान्नित्रिवेणी गाउँपालिका भित्र रहेका सम्पूर्ण युवाहरुको एक बृहत समुह बनाएर शनिवार गठन गरिएको छ ।
आफ्नो व्यक्तिगत, राजनैतिक, सामाजिक तथा सास्कृतिक आस्थालाई प्रतिकुल नपर्नेगरि अन्तरपाटी युवा संजाल गठन गरिएको बताइएको छ । सान्नित्रिवेणी गाउँपालिका–५ का वडाध्यक्ष नरेश बमको नेतृत्वमा प्रत्येक वडामा संजालको गठन गरिने भएको छ सोही शिलशिलामा वडा नं १ र २ मा गठन गरिएको हो । सान्नित्रिवेणी गाउँपालिकाको चौतर्फी बिकास र सुसासनका लागि संजाल गठन गरिएको वडाध्यक्ष बमले बताए ।
बिकास र सुसासनका लागि बनाइने हरेक निति, योजना, निर्णय तथा कार्यक्रमहरुमा युवाहरुको सक्रिय सहभागिता र साझेदारी रहनुपर्छ भन्ने मान्यताका साथ युवा संजाल प्रत्येक वडामा गठन गरिने उनले जानकारी दिए । सान्नित्रिवेणी गाउँपालिका–२ मा ६० सदस्यीय अन्तरपाटी युवा संजाल गठन गरिएको छ । राष्ट्रिय तहदेखि स्थानीय तहसम्म राजनैतिक, सामाजिक, आर्थिक, साँस्कृतिक स्वार्थ पूर्तिका लागि युवाहरु बारम्बार प्रयोग भईरहे तर कहिल्यै पनि नेतृत्वको अवसर नपाएकाले युवाहरुलाई संगठित बनाएको बमले बताए ।
सान्नित्रिवेणी गाउँपालिकाभित्र हुने हरेक विकास निर्माणका कार्यहरुमा स्वामित्व प्राप्त हुने गरि युवाहरुको व्यापक रुपमा सक्रिय सहभागिता गराउने र दोश्रो राजनैतिक, सामाजिक, आर्थिक सुसासनको पक्षमा प्रत्यक्ष तथा परोक्ष रुपमा सकरात्मक दबाव एवं हस्तक्षेप श्रृजना गरि समुन्नत समाज निर्माण गर्नका लागि प्रत्येक वडामा युवा संजाल गठन गरिने बताइएको छ ।

error: Content is protected !!