केन्द्रीय सदस्य बोगटीले भेटे विद्यार्थी र कर्मचारी

सुर्खेतः नेपाल तरुणदलका केन्द्रीय विभागका सदस्य एवं नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटका सदस्य मीनबहादुर बोगटीले जन्मथलो कालीकोट भएर सुर्खेतमा बसोबास गर्ने कालीकोटका विद्यार्थी राजनीतिक दलका अगुवाहरुसंग भेटघाट गरेका छन् ।
पछिल्लो राजनीतिक अवस्थाको बारेमा बुझ्न र अव काँग्रेसको रणनीति कस्तो हुनपर्छ भन्ने विषयमा कालीकोटबाट पढाईको शिलशिलामा सुर्खेत गएका विद्यार्थी र सुर्खेतमा आफ्नो जागिरे जीवन विताईरहेका कर्मचारीहरुसंग उनले भेटघाट गरेका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लाको नरहरिनाथ गाउँपालिकामा काँग्रेस तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार समेत रहेका बोगटीले सुर्खेतमा बसोबास गर्ने विद्यार्थी, कर्मचारी र राजनीतिक दलका अगुवासंग भेटघाट गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंबैधानिक कदमका विरुद्धमा काँग्रेस विद्यार्थी र अन्य राजनीतिक दल एक भएर लाग्नुपर्ने केन्द्रीय सदस्य बोगटीले बताए । उनले प्रधानमन्त्रीले लोकतन्त्रको रक्षा गर्नुभन्दा पनि लोकतन्त्रलाई रहन नदिनका लागि रचेको खेलमा सवैको साथ आवश्यक रहेको बताए । उनले कालीकोटबाट सुर्खेतमा गएर पढाईमा समस्या परेका विद्यार्थीलाई आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता गरे ।
अहिले विश्वव्यापी रुपमा कोरोना भाईरसको त्रास छ विद्यार्थी समस्यामा परेका छन् यदि धेरै समस्या झेलिरहेका कोही विद्यार्थी सम्पर्कमा छन् भने आफुले सहयोग गर्छु बोगटीले भने ।

error: Content is protected !!